काठमाडौं जिल्ला सिनियर छनोट क्रिकेट प्रतियोगिता २०२० मा महावीर क्लब फाइनलमा प्रवेश गरेको छ।
महावीरले बुधबार भएको सेमिफाइनलमा न्यु भिजन क्लबलाई ७५ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको महावीरले २५ ओभरमा ७ विकेटको क्षतिमा १८९ रन जोड्यो।
महावीरका लागि जितेन्द्रसिंह ठकुरीले ७८ रन जोडे। उनले ६३ बलमा ८ चौका २ छक्का हिर्काए।
राम कुँवरले ३५ रनको योगदान दिए।
१९० रनको लक्ष्य पछ्याएको न्यु भिजन २३.४ ओभरमा ११४ रनमा अलआउट भयो। उसका लागि विनम क्षेत्रीले सबैभन्दा बढी २३ रन जोडे।
बलिङमा महावीरका जितेन्द्रले ४ विकेट र सञ्जम रेग्मीले ३ विकेट लिए।
बलिङ र ब्याटिङमा उत्कृष्ट योगदान दिएका जितेन्द्र म्यान अफ दि म्याच भए।