आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चौथो र पाँचौं विकेट लिएका हुन्।
उनले इंग्ल्याण्डका साम कुरानलाई बोल्ड गरेका हुन्।
चौथो विकेट पनि ऐरीले नै लिएका थिए।
उनले इंग्ल्याण्डका जेकब बेथेललाई १३.४ ओभरमा लोकेश बमबाट क्याच आउट गरेका हुन्।
आउट हुनुअघि जेकबले ३५ बलमा ५५ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिए।
उनले छैटौं ओभरको पहिलो बलमै टम ब्यान्टनलाई एलबिडब्लु धरापमा पारेका थिए।
त्यसअघि ४.३ ओभरमा नेपालले दोस्रो विकेट लिएको थियो।
त्यतिबेला नन्दनले इंग्ल्याडका ओपनर जोस बट्लर विकेटकिपर आशिफ शेखबाट क्याचआउट गराए।
इंग्ल्याण्डका ओपनर फिल सल्टलाई दोस्रो ओभरको पहिलो बलमा नेपालका शेर मल्लले आउट गराएका थिए।
१४ औं ओभर जारी रहँदा इंग्ल्याण्डले १२८ रन बनाएको छ।