आइसिसी टी-२० विश्वकप अन्तर्गत इंग्ल्याण्ड विरूद्धको खेलमा नेपालले पावर प्लेमा दुवै ओपनर गुमाएको छ।
मुम्बईको वानखेडे रंगशालामा नेपालले ३.५ ओभरमा आशिफ शेख र ५.३ ओभरमा कुशल भुर्तेललाई गुमाएको हो।
इंग्ल्याण्डका लियाम डसनले आशिफलाई मार्क उडबाट क्याच आउट गराएका थिए।
छैटौं ओभरको तेस्रो बलमा विल ज्याक्सले भुर्तेलको विकेट लिएका हुन्।
नेपालले १८५ रनको लक्ष्य पछ्याइरहेको छ।
दुई ओपनरको विकेटपछि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी ब्याटिङमा छन्।
आठौं ओभर चलिरहँदा नेपालले ६४ रन बनाएको छ।