आइसिसी टी-२० विश्वकपमा इंग्ल्याण्ड विरूद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
नेपालका लागि चौथो नम्बरका ब्याटर दीपेन्द्रसिंह ऐरी आउट भएका हुन्।
उनलाई शाम कुरानले टम ब्यान्टबाट क्याच आउट गराएका हुन्।
ऐरीले आउट हुनुअघि २९ बलमा ४४ रन बनाएका थिए।
नेपालले यसअघि पावरप्लेमा २ विकेट गुमाएको थियो।
नेपालले ३.५ ओभरमा आशिफ शेख र ५.३ ओभरमा कुशल भुर्तेललाई गुमाएको हो।
इंग्ल्याण्डका लियाम डसनले आशिफलाई मार्क उडबाट क्याच आउट गराएका थिए।
छैटौं ओभरको तेस्रो बलमा विल ज्याक्सले भुर्तेलको विकेट लिएका हुन्।
नेपालले १८५ रनको लक्ष्य पछ्याइरहेको छ।
ऐरीको विकेटपछि आरिफ शेख ब्याटिङमा आएका छन्।