आइसिसी टी-२० विश्वकपमा नेपालले चौथो विकेट गुमाएको छ।
मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्याण्डविरूद्ध जबाफी ब्याटिङ गरिरहेको नेपालले १५.३ ओभरमा चौथो विकेट गुमाएको हो।
नेपालका कप्तान रोहित पौडेल आउट भएका हुन्।
उनलाई लियाम डसनले फिल सल्टले क्याच आउट गराएका हुन्।
आउट हुनुअघि उनले ३४ बलमा ३९ रन बनाएका थिए।
उनको विकेपछि लोकेश बम ब्याटिङमा आएका छन्।