प्रधानमन्त्री कप (पीएम) काठमाडौं जिल्ला छनोटको उपाधि एक्सिलेन्स सेन्टर (सिइसी) ले जितेको छ।
बुधबार भएको फाइनल खेलमा सिइसीले महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
सिइसीले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको थियो। विरेन्द्र धनादीले ८९ बलमा ६६ रन (१० चौका, १ छक्का) को महत्वपूर्ण इनिङ खेले।
बलिङमा महावीरका सोनु देवकोटाले ४ विकेट लिए।
जवाफमा महावीर स्टडिजले २१.३ ओभरमा अलआउट हुँदै मात्र ९१ रन बनाउन सक्यो। प्रतिश जी.सी.ले ४० बलमा ४७ रन (५ चौका, ३ छक्का) बनाए पनि अन्य ब्याट्सम्यानहरूले राम्रो प्रदर्शन गर्न सकेनन्।

सिइसीको बलिङमा दयानन्द मण्डलले ६ ओभरमा ४ विकेट, मोन्सन सिंहले ६.३ ओभरमा ३ विकेट र गणेश बिष्टले ७ ओभरमा ३ विकेट लिए।
खेलको प्लेअफ अफ दि टुर्नामेन्ट सिइसीका रित गौत भए। उनले लगतार तीन खेलमा शतक प्रहार गरेका थिए। रित उत्कृष्ट ब्याटर पनि भए। उत्कृष्ट बलर महावरीका सन्दीप पराजुली भए। धिरज देउवा इमर्जिङ प्लेयर भए।

