नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पिएलएल) खेल्ने भएका छन्।
आज भएको अक्सनमा उनलाई इस्लामावाद युनाइटेडले आबद्ध गरेको हो। उनलाई पाकिस्तानी ६० लाख (नेपाली ३१ लाख १० हजार रूपैयाँ) मा आबद्ध गरिएको हो।
नेपाली टोलीका उपकप्तान रहेका दीपेन्द्रले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गरेका थिए। उनले जारी टी-२० विश्वकपमा इंग्ल्यान्डविरूद्धको खेलमा ४४ रन प्रहार गरेसँगै दुई हजार रन पूरा गरेका थिए।
दीपेन्द्रले तेस्रो विदेशी लिग आबद्ध भएका हुन्। यसअघि उननी क्यानडाको ग्लोबल टी-२० लिग र यएईको आइएल टी२० लिगको टिममा पनि आबद्ध भएका थिए।
२०२६ को पिएलएलमा पहिलो पटक आठवटा टोली सहभागी हुनेछन्। पाँचवटा पुराना टोलीले आफ्नो ११ औँ सिजन खेल्नेछन् भने तीनवटा नयाँ टोलीहरूले यसै संस्करणमार्फत प्रतियोगितामा डेब्यु (सुरुवात) गर्नेछन्। अघिल्लो सिजनमा छैटौँ स्थानमा रहेको मुल्तान सुल्तान्स भने यसपटकको प्रतियोगितामा सहभागी हुने छैन।
२०२६ को संस्करण अघिल्ला १० संस्करणहरू भन्दा फरक ढाँचामा सञ्चालन गरिनेछ। अघिल्ला सिजनहरूमा टोलीहरूले 'डबल राउन्ड-रोबिन' ढाँचामा प्रतिस्पर्धा गर्थे भने यसपटक लिग चरणमा प्रत्येक टोलीले एक-अर्कासँग केवल एक पटक मात्र खेल्नेछन्।
२०२६ को सिजन २६ मार्चदेखि ३ मे २०२६ सम्म सञ्चालन हुनेछ। यो नयाँ तालिका अघिल्लो वर्षको (अप्रिल-मे) तुलनामा केही अगाडि सारिएको छ। विशेषगरी फेब्रुअरी र मार्चमा भारत र श्रीलङ्कामा आयोजना भइरहेको २०२६ पुरुष टी-२० विश्वकपका कारण यो समय तालिका परिवर्तन गरिएको हो।