आइसिसी टी-२० विश्वकपमा इटालीविरूद्ध नेपालले आठौं ओभर चलिरहँदा तीन विकेट गुमाएको छ।
मुम्बईको वानखेडे स्टेडियममा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको खेलमा आठ ओभर नसिकिँदै तीन विकेट गुमाएको हो।
नेपालका लागि ओपनरद्वय कुशल भूर्तेल, आशिफ शेख र कप्तान रोहित पौडैल आउट भएका हुन्।
नेपालले दोस्रो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको थियो। स्कटल्याण्डका अलि हसनले कुशललाई जस्टिन मोस्काबाट क्याच आउट गराएका थिए।
भूर्तेल १० बल खेलेर ५ रन मात्रै बनाएर आउट भएका हुन्।
उनको विकेटपछि आएका कप्तान रोहित पौडेल ६.६ ओभरमा आउट भएका थिए।
आउट हुनुअघि कप्तान पौडेलले १४ बलमा २ छक्का प्रहार गरी २३ रन बनाएका थिए।
आठौं ओभरको दोस्रो बलमा अर्का ओपनर आशिफ शेख आउट भए। आसिफ शेख आउट हुनुअघि २० रन बनाएका थिए। उनले दुइटा चौका हानेका थिए।
एघारौं ओभर चलिरहँदा नेपाल ३ विकेटको क्षतिमा ६९ रन बनाएर खेलिरहेको छ।