आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले आफ्नो दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गरिरहेको छ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेको इटालीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालको सुरूवात सोचे जस्तो हुन सकेन।
नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरको अन्तिम बलमा अली हसनको बलमा जस्टिन मोस्काबाट कभर प्वाइन्टमा क्याच भए। त्यसअघि उनले पहिलो ओभरमा कुनै पनि रन जोड्न सकेका थिएनन्। नेपालले वाइडबाटऐ मात्र रन लिएको थियो। दोस्रो ओभरको पाँचौ बलमा हसनलाई पाँचौ बलमा चौका प्रहार गरे लगत्तै भुर्तेल आउट भए।
त्यसपछि रोहित पौडेल ब्याटिङमा आएर नेपालको इनिङलाई गति दिए। जसका कारण नेपालले ६ ओभरको पावरप्लेमा एक विकेटको क्षतिमा ४६ रन जोड्यो।
सातौं ओभरको अन्तिम बलमा रोहित लङअनमा समातिए। १४ बल खेलेर २ चौका प्रहार गर्दै २३ रन जोडेका रोहितलाई क्रिशन कलुगामागेलाई पेभिलियनको बाटो देखाए।
लगत्तै अर्को ओभरमा नेपालले आफिफ शेखलाई पनि गुमायो। आसिफले स्टम पिन हुनुअघि २० रन जोड्न सके। उनले २० बलमा २ चौका प्रहार गर्न सके। सुरुवातमा तीन विकेट गुमाएपछि केही दबाबमा परेको नेपाल १० ओभरमा ३ विकेटको क्षतिमा ६७ रनको स्थितिमा रह्यो।