महिला एसिया कप राइजिङ स्टार प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। थाइल्यान्डमा भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए टोलीसँग ३० रनको पराजय भोगेको हो।
पहिले ब्याटिङ गरेको पाकिस्तान ए महिलाले ६ विकेटको क्षतिमा १३७ बनायो। जवाफी ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १०७ रन मात्र जोड्न सक्यो।
पाकिस्तानका लागि हाफ्सा खालिदले नटआउट ४० रन (३९ बल, २ चौका, १ छक्का) बनाइन्। यस्तै वाहिदा अख्तर २३ रन (१५ बल, ५ चौका) र हुरैना सज्जाद १७ रनको योगदान गरे। नेपालले २० रन त एक्ट्रा दिएको थियो। जसमा १८ वाइड थियो।।
नेपालको बलिङमा कबिता कुवँरले २ रन लिइन् भने मनिषा उपाध्याय रिया, सीता राना मगर र रुबिना क्षेत्रीले एक एक विकेट लिए।
ब्याटिङमा नेपालका बिन्दु रावल ३९ रन (४५ बल, ८ चौका) र कबिता कुँवर नटआउट १८ रन (२० बल) र सीता राना मगर नटआउट १९ (२२ बल, २ चौका) बनाए।
पाकिस्तान ए को बलिङमाअनोशा नासिर ३/२० (४ ओभर) उत्कृष्ट बलिङ गरिन्।
नेपालले चेजमा राम्रो सुरुवात गर्यो (५० सम्म १ विकेट मात्र)। तर ड्रिंक्सपछि विकेटहरू झरे (६२/३ देखि ६९/६ सम्म धेरै विकेट)। १८.४ ओभरमा १०० पुगे पनि अन्तिम ओभरहरूमा रन बनाउन सकेनन्।
अब नेपालले समूहमा भारत ए र युएईसँग खेल्नेछ।