नेपालको पुरुष टोली एसियन गेम्स २०२६ का लागि छनोट भएको छ।
समूह ‘ए’ मा चीन दुवै खेलमा पराजित भएर बाहिरिएसँगै नेपाल र मलेसिया सेमिफाइनलमा पुगे।
सिंगापुरमा जारी छनोटमा सेमिफाइनलमा पुग्ने चार टोली एसियन गेम्समा छनोट हुने प्रावधान छ।
एसियन गेम्स २०२६ को सेप्टेम्बरमा जापानको नागोया र आइचीमा हुँदैछ।
नेपाल र मलेसियाबीच समूह विजेताका लागि अब पर्सी बिहीबार प्रतिस्पर्धा हुनेछ।
अर्को समूहमा हङकङ, ओमान, सिंगापुर र बहराइन मध्ये दुई टोली पनि एसियन गेम्समा पुग्नेछन्।
चार टोलीले छनोट चरण पार गर्दा ६ टोली भने यसअघि नै पुगिसकेका छन्।
जापान आयोजक बनेर छनोट हुँदा आइसिसी वरीयताको आधारमा साविक विजेता भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान छनोट भएका हुन्।
यसरी १० टोलीबीच एसियन गेम्समा प्रतिस्पर्धा हुनेछ।