युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले सहज जित हात पारेको छ।
समूह 'एफ' को खेलमा आर्सनलले बेल्जियमको स्टान्डर्ड लिगलाई ४–० गोलले पराजित गरेको हो।
आर्सनलको जितमा टिनएजर खेलाडी गाब्रियल मर्टिनेलीले २ गोल गरे। उनले खेलको १३ र १६ मिनेटमा गोल गरेर आर्सनललाई सुरुवाती अग्रता दिलाए।
वेलब्याकले २२ र काबालोसले ५७ मिनेटमा थप गोल गर्दा आर्सनलको सहज जित पक्का भएको थियो।
यता समूह एलको खेलमा म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएको छ। म्यानचेस्टरलाई डच क्लब एजेट अल्मारले गोलरहित बराबरीमा रोकेको हो।