सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङ्दी क्लकले शुक्रबार दशरथ रंगशालामा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको सरस्वती युवा क्लबलाई १-० गोलले पराजित गरेेको छ।
मनाङको जितमा विमल राना नायक सावित भए। उनले खेलको ४६ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
मनाङका निशान लिम्बुले दायाँ विङबाट क्रस गरे। सो क्रसमा अञ्जन विष्टले हानेको प्रहार बारमा लागेर फर्कियो। रिबाउन्डमा विमालले नजिकबाट हेड गर्दै बललाई गोलपोस्टको दिशा दिए।
जितसँगै तेस्रो स्थानमा रहेको मनाङले ८ खेलबाट १६ अंक जोडेको छ। शीर्ष टिम आर्मी क्लबको पनि १६ अंक नै छ।
यता अंक तालिकाको पुछारको सरस्वती भने रेलिगेशन नजिक पुगेको छ। सरस्वतीले ८ खेल खेल्दा केवल १ अंक जोडेको छ।