नेपाल सुपर लिगको अर्को खेल बराबरीमा सकिएको छ।
आइतबार दशरथ रंगशालामा भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।
जारी लिगमा ललितपुरले चार खेलमा तीन खेलमा बराबरी खेलिसकेको छ। यस्तै पोखराको यो चार खेलमा दोस्रो बराबरी हो।
यसअघि शनिबार भएको खेलमा बुटवल लुम्बिनी एएफसी र विराटनगर सिटी एफसीले पनि २-२ खेलको बराबरी खेल्दै अंक बाडेका थिए।
लिगमा धनगढी एफसी चार खेलमा ७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको बुटवलको ६ अंक छ। विराटनगर ५ अंक जोडेर तेस्रो स्थानमा छ।
पोखरा पनि ५ अंक जोडेर चौथो स्थानमा छ।
पाँचौ स्थानको काठमाडौं रेजर्सको ४ अंक छ भने ललितपुर ३ अंक जोडेर छैटौं स्थानमा छ। पुछारको एफसी चितवनको २ अंक रहेको छ।