स्पेनिस ला लिगामा बार्सिलोनाले जित हात पारेको छ।
आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोलले पराजित गरेको हो।
बार्सिलोनाका लागि डिपाएले खेलको छैटौं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे।
डे जोङले १४ मिनेटमा दोस्रो गोल गर्दा अंसु फातीले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा तेस्रो गोल गरे।
घाइते भएका कारण लामो समय मैदान बाहिर रहेका फाती ७ नोभेम्बर २०२० पछि मैदान उत्रिएका हुन्।
जितसँगै बार्सिलोना अंक तालिकाको पाँचौ स्थानमा उक्लियो।
बार्सिलोनाले ६ खेलबाट १२ अंक जोडेको छ। जारी सिजनमा बार्सिलोनाले ३ जित निकाल्दा ३ बराबरी खेलेको छ।