इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर सिटीलाई एक एक गोलको बराबरीमा रोकेको छ।
आर्सनलले आफ्नो घरेलु मैदानमा भएको खेलमा सिटीलाई रोकेर हार टारेको हो।
आर्सनलले दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा बराबरी गोल गर्न सफल भएको थियो।
उसका लागि गाब्रियल मार्टिनेलीले सो बराबरी गोल फर्काएका थिए।
त्यसअघि सिटीले खेलको नवौं मिनेटमा हालान्डले गरेको गोलबाट अग्रता लिएको थियो।
बराबरीसँगै अंक तालिकाको दोस्रो स्थानको आर्सनलको ५ खेलबाट १० अंक छ। शीर्ष स्थानको लिभरपुलको १५ अंक रहदा सिटी ७ अंकसहित नवौं स्थानमा छ।
लिगमा सन्डरल्यान्ड र एस्टन भिल्लाले एक एक गोलको बराबरी खेल्दा न्युकासल र वर्नमाउथले पनि गोलरहित बराबरी खेलेर अंक बाँडेका छन्।