श्रीलंकाका पूर्व तीव्र गतिका बलर तथा बलिङ प्रशिक्षक नुवान जोयासा म्याच फिक्सिङ प्रकरणमा दोषी पाइएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जनाएको छ।
४२ वर्षीय नुवानलाई सन् २०१८ मा आइसिसीले म्याच फिक्सिङ गर्न खेलाडीलाई प्रभावित परेको अभियोग लगाएको थियो।
त्यसपछि गरिएको अनुन्धानमार्फत उनी दोषी पाइएको हो।
उनले आइसिसीको एन्टी करप्सन कोडको तीन वटा नियम उल्लङघन गरेको आइसिसीले जनाएको छ।
आइसिसीले उनले एक अन्तर्राष्ट्रिय खेलमा फिक्सिङ खोजेको जनाएको छ।
श्रीलंकाका लागि ३० टेस्ट र ९५ एकदिवसीय खेल खेलेका उनको निलम्बन कायम राखिएको र छिट्टै प्रतिबन्धसहितको कारबाही गरिने आइसिसीले जनाएको छ।
उनले खेलाडीलाई फिक्सिङका लागि प्रलोभन र प्रोत्साहन गरेको आइसिसीको अभियोग थियो।
उनी निलम्बन हुनुअघि सन् २०१५ देखि श्रीलंकाको बलिङ प्रशिक्षक थिए।
सन् २०१९ मा युएईमा भएको टी–१० लिगमा पनि उनले फिक्सिङ गराउन खोजेको अभियोग लागेको थियो। यो अभियोगको विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ।