काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्सको आयोजनामा कर्पोरेट टी-१० क्रिकेट प्रतोयोगिता हुने भएको छ। प्रतियोगीता माघ १४ गते देखि माघ २१ गते सम्म काठमाडौको मुलपानी मैदानमा हुनेछ।
प्रतियोगितामा १६ वटा टिमको सहभागीता रहनेछ। यस प्रतियोगिता टी-१० फर्म्याट मा खेलिनेछ र खेल का नियमहरू आइसिसिको आधिकारिक नियम अनुसार हुनेछ। टिमको सहभागिताको लागि दर्ता शुल्क एक लाख रुपैयाँ रहेको छ । पहिले नाम दर्ता गर्ने टिमलाई प्राथमिकता प्रदान गरिने छ। प्रत्येक टिममा ११ खेलाडी रहनेछन् जहाँ ८ खेलाडी प्लेइङ र ३ जनालाई अतिरिक्त खेलाडीको रूपमा राख्न पाइनेछ। प्रत्येक टिमले कम्तिमा ३ खेल खेल्न पाउनेछ। यस प्रतियोगिता का विजेता टिम तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक पुरस्कार सहित सम्मान गरिनेछ।
यो प्रत्योगिताका टेक्निकल डाइरेक्टर रविन्द्र गुप्ताका अनुसार धेरैको माग र समर्थनलाई मध्यनजर गर्दै यो प्रतियोगिता हामीले आयोजना गर्न लागिएको हो।
कर्पोरेट टी-१० क्रिकेट प्रतोयोगिताले नेपाली कर्पोरेट क्रिकेट क्षेत्रमा अर्को नयाँ स्तर थप्नेछ भन्ने हाम्रो विश्वास आयोजकले लिएको छ।