नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ गीत बजारमा ल्याएका छन्।
‘आऊ माया गरौं, मान्छेले मान्छेलाई’ बोलको गीत सोमबार हाइलाइटस् नेपालबाट सार्वजनिक गरिएको हो।
उक्त गीतको शब्द र संगीत शर्माको हो भने एरेन्जर मनोहर सुनाम हुन्।
गायक प्रमोद खरेल र शीतल मोक्तानले गीतमा स्वर दिएका छन्।