गायक तथा संगीतकार शान भुसालको ‘अलि अलि’ बोलको गीत सार्वजनिक भएको छ।
शानकै शब्द र संगीत रहेको उक्त गीतमा गायिका सुनिता कार्कीले साथ दिएकी छन्। भिडिओमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन्।
सनीरको एरेन्जमेन्ट रहेको उक्त गीतमा कृष्णमान महर्जनको मिक्सिङ रहेको छ।
भिडिओ उत्सव दाहालले खिचेका हुन् भने रोशन लामाको निर्देशन र विकास दाहालले सम्पादन गरेका हुन्।
राजनीतिक सिनेमाबाट आफ्नो सांगीतिक यात्रा अगाडि बढाएका शानले हाल देश बाहिर रहेरै आफ्नो सांगीतिक यात्रा जारी राखेका छन्।
शानका यसअघि 'थोरै श्वास', 'भाग्य', 'म तिमीमै हराएँ' लगायतका गीत सार्वजनिक भइसकेका छन्।