अहान पाण्डे र अनित पड्डा अभिनीत लभस्टोरी फिल्म 'सैयारा' को कमाइ तीन सय करोड नजिक पुगेको छ।
फिल्मले प्रदर्शनको दुई साता (दोस्रो बिहीबार) सम्म भारतमा दुई सय ८५ करोड २५ लाख भारू नेट कमाइ गरेको हो।
फिल्मले पहिलो साता एक सय ७५ करोड २५ लाख भारू कमाएको थियो। यसले दोस्रो साता एक सय १० करोड भारू कमाइ गरेको हो।
'सैयारा' ले भारतमा मात्र नभइ विश्वभर राम्रो प्रदर्शन गरिरहेको छ। यसको विश्वव्यापी कमाइ भने चार सय ४१ करोड ६५ लाख पुगिसकेको भारतीय संचारमाध्यमले जनाएका छन्।
यशराज फिल्मस् ब्यानरमा बनेको मोहित सुरी निर्देशित 'सैयारा' ले धेरै बक्स अफिस रेकर्डहरू तोडेको छ। नेपालका पनि यो फिल्मले राम्रो कमाइ गरिरहेको छ।
फिल्म शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ।