भारतीय अभिनेता तथा निर्देशक ऋषभ शेट्टीको फिल्म 'कान्ताराः च्याप्टर १' को ट्रेलर सार्वजनिक भएको छ।
सोमबार कन्नड, मलयालम, हिन्दी, तेलुगु र तमिल भाषाको ट्रेलर एकसाथ युट्युबमा सार्वजनिक गरिएको हो।
'कान्ताराः च्याप्टर १' सन् २०२२ को सुपरहिट फिल्म 'कान्तारा' को प्रिक्वेल हो। पौराणिक एक्सन यो फिल्ममा ऋषभसँगै रूक्मिणी वसन्त, गुलशन देवैया, जयराम लगायतको अभिनय छ।
घोषणादेखि प्रतीक्षित मानिएको फिल्म अक्टोबर २ (असोज १६) देखि प्रदर्शनमा आउने तयारीमा छ।
यस्तो छ हिन्दी ट्रेलरः