ऋषभ शेट्टी अभिनीत तथा निर्देशित फिल्म 'कान्तारा च्याप्टर १' ले बक्स अफिसमा ५०० करोड भारूभन्दा बढी कमाइ गरेको छ।
फिल्मले रिलिजको एक सातामा विश्वव्यापी रूपमा ५०९.२५ करोड भारू कमाइ गरेको हो। शुक्रबार यसका निर्माताहरूले सामाजिक सञ्जालमा पोस्ट गर्दै कमाइबारे जानकारी दिएका छन्।
'कान्तारा च्याप्टर १' मा ऋषभ शेट्टीका साथै रूक्मिणी वसन्त, जयराम र गुलशन देवैयाको पनि अभिनय छ। यो फिल्म 'कान्तारा' को प्रिक्वेल हो। यसले हजार वर्षअघिको कथा चित्रण गर्छ।
फिल्ममा ऋषभले आदिवासी युवाको भूमिका निभाएका छन्, जसले आफ्नो समुदायको स्वायत्तताका लागि संघर्ष गर्छन्। यो फिल्म नेपालका सिनेमा घरहरूमा पनि प्रदर्शन भइरहेको छ।
फिल्मको तेस्रो भाग 'कान्तारा च्याप्टर २' को पनि घोषणा भइसकेको छ।