भारतीय फिल्म 'कान्तारा च्याप्टर १’ ले नेपाली बक्स अफिसमा पनि राम्रो कमाइ गरिरहेको छ।
दसैंको दिनदेखि प्रदर्शनमा आएको फिल्मले गत शनिबारसम्म (१० दिन) मा ८ करोड रूपैयाँमाथिको व्यापार गरेको छ।
चलचित्र विकास बोर्डले दिएको जानकारीअनुसार फिल्मले बक्स अफिसमा ८ करोड ६५ लाख ग्रस कमाइ गरेको छ।
ऋषभ शेट्टीको निर्देशन तथा शीर्ष अभिनय रहेको 'कान्तारा च्याप्टर १' सन् २०२२ को ब्लकबस्टर 'कान्तारा' को प्रिक्वेल हो।
फिल्ममा ऋषभसहित रूक्मिणी बसन्त, जयराम र गुलशन देवैया पनि मुख्य भूमिकामा छन्।