बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म 'दे दे प्यार दे २' ले भारतीय बक्स अफिसमा ६० करोड भारूको आँकडा पार गरेको छ। प्रदर्शनको ११ औं दिन (दोस्रो सोमबार) करिब १.५० करोड व्यापार गर्दै फिल्मको कुल कमाई ६०.७५ करोड रूपैयाँ पुगेको हो।
दोस्रो हप्तामा फिल्मले करिब १७ देखि १९ करोड रूपैयाँ कमाउने अनुमान गरिएको छ। अंशुल शर्मा निर्देशित यो फिल्मले अजय देवगनकै 'सन अफ सरदार २' तथा नयाँ रिलिज '१२० बहादुर' र 'मस्ती ४' भन्दा राम्रो प्रदर्शन गरिरहेको छ।
यद्यपि, फिल्मको बक्स अफिस यात्रा ७० देखि ७५ करोडको आसपासमा टुंगिने देखिन्छ। यो व्यापार २०१९ मा आएको फिल्मको पहिलो भागको तुलनामा २० देखि २५ प्रतिशत कम हो। जुन सिक्वेल फिल्मका लागि निराशाजनक मानिन्छ।
रोमान्टिक कमेडी जनराको यस फिल्ममा अजय देवगनसहित रकुल प्रीत सिंह, आर माधवन, गौतमी कपूर, मिजान जाफरी, जावेद जाफेरीलगायत कलाकारहरूको अभिनय छ।
'दे दे प्यार दे २' नोभेम्बर १४ देखि प्रदर्शनमा आएको थियो। नेपालमा भने यो फिल्म रिलिज भएन।