दक्षिण भारतीय फिल्म 'मैसा' को पहिलो झलक सार्वजनिक भएको छ।
निर्माण पक्षले बुधबार पहिलो झलकस्वरूप टिजर सार्वजनिक गरेको हो।
टिजरमा अभिनेत्री रश्मिका मन्दाना यसअघि देखिँदै आएको रोमान्टिक छविभन्दा फरक अवतारमा प्रस्तुत छिन्। उनी गम्भीर भाव र अनुहारमा रगत लतपतिएको अवस्थामा देखिएकी छिन्। दृश्यमा उनी हातमा बन्दुक समातेर लडाइँमा उत्रिएको देखिन्छिन्।
टिजरले फिल्ममा रश्मिकाको पात्र गम्भीर र शक्तिशाली रहेको संकेत गर्छ। टिजरमा सुनिने भ्वाइस ओभरले रश्मिकाको पात्रको क्रोध र सामना गर्ने दृढताबारे बताउँछ।
एक्सन–थ्रिलर फिल्म 'मैसा' रविन्द्र पुल्लेले निर्देशन गरेका हुन्। फिल्ममा रश्मिका मुख्य भूमिकामा देखिँदै छिन। अन्य कलाकारहरूबारे जानकारी सार्वजनिक गरिएको छैन। फिल्म सन् २०२६ मा रिलिज हुने जनाइएको छ।