बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री अनन्या पाण्डे अभिनीत फिल्म 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' बक्स अफिसमा कमजोर देखिएको छ।
किसमसको अवसर पारेर गत बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले अपेक्षित कमाइ गर्न नसकेको हो। यो रोमान्टिक कमेडी फिल्मको दर्शक प्रतिक्रिया प्रारम्भिक दिनदेखि औसत रहँदा यसको प्रभाव बक्स अफिसमा देखिएको छ।
भारतीय संचारमाध्यमहरूका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन भारतीय बक्स अफिसमा ८ करोड ५० लाख भारू कमाइ गरेको थियो। दोस्रो दिन शुक्रबार फिल्मको कमाइमा गिरावट आउँदै करिब ५ करोड ५० लाख भारूमा सीमित रह्यो। शनिबार फिल्मले करिब ६ करोड भारू कमायो। योसँगै भारतमा फिल्मको पहिलो दिन दिनको कमाइ २० करोड भारू पुगेको छ।
विश्लेषकहरूका अनुसार कमजोर वर्ड अफ माउथ र अन्य ठूला फिल्महरूसँगको प्रतिस्पर्धाका कारण 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' ले बक्स अफिसमा अपेक्षित गति लिन सकेको छैन।
फिल्म समीर विद्वानले निर्देशन गरेका हुन्। करण जोहर यो फिल्मका निर्माता हुन्। फिल्म नेपालमा समेत प्रदर्शनरत छ।