बलिउड फिल्म 'धुरन्धर' र हलिउड फिल्म 'अवतारः फायर एण्ड एस' ले नेपालमा पनि ठूलो कमाइ गरेका छन्।
रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको 'धुरन्धर' को नेपाल कमाइ ९ करोड नाघेको छ।
फिल्मले पुस १३ गते (आइतबार) दिउँसोसम्म सिनेपाः बक्सअफिसमा ९ करोड ३ लाख २६ हजार ३४५ रूपैयाँ कमाइ गरेको हो। आदित्य धर निर्देशित स्पाइ-थ्रिलर 'धुरन्धर' ले विश्वव्यापी कमाइमा 'एनिमल', 'स्त्री २' जस्ता ठूला फिल्महरूलाई समेत पछि पारेको छ। यो फिल्म ५ डिसेम्बरमा रिलिज भएको थियो।
त्यस्तै, हलिउड फिल्म 'अवतारः फायर एण्ड एस' ले पनि नेपालमा राम्रो कमाइ गरिरहेको छ। १९ डिसेम्बर (पुस ४) मा रिलिज फिल्मले आइतबार दिउँसोसम्म नेपालमा ४ करोड ७१ लाख ४९ हजार ६११ रूपैयाँ कमाएको हो।
जेम्स क्यामरून निर्देशित 'अवतार' शृंखला विश्वव्यापी रूपमा चर्चित छ।