चलचित्र विकास बोर्डले सिनेमा हलमा प्रदर्शनरत विदेशी फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ।
बोर्डले सोमबार 'धुरन्धर', 'अवतार ३', 'तेरे इश्क में', 'शोलेः द फाइनल कट' र 'मिलियन भ्युज' को कमाइ विवरण सार्वजनिक गरेको हो।
विवरणअनुसार 'धुरन्धर' ले पुस १२ गतेसम्म सिनेपाः बक्सअफिसमा ८ करोड ९९ लाख ९३ हजार २८८ रूपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मको २ लाख ७४ हजार ७२३ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, हलिउड फिल्म 'अवतारः फायर एण्ड एस' ले ४ करोड ६५ लाख ७५ हजार ४७० रूपैयाँ कमाइ गरेको छ। यो फिल्मको १ लाख १४ हजार ३१ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
यसैगरी 'तेरे इश्क में' ले पुस १२ गतेसम्म ३ करोड ६२ लाख ७ हजार ५८८ रूपैयाँ कमाएको छ। यो फिल्मको १ लाख १५ हजार ५३७ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, बलिउडको क्लासिक फिल्म 'शोलेः द फाइनल कट' ले नेपालमा २ लाख २४ हजार ९५० रूपैयाँ कमाएको छ। रि-रिलिज यो फिल्मको ९३३ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
त्यस्तै, अर्को हिन्दी फिल्म 'मिलियन भ्युज' ले नेपालमा जम्मा १९ हजार २५० रूपैयाँ कमाएको छ। फिल्मको जम्मा ४७ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
