नेपालमा बलिउड फिल्म 'धुरन्धर' को झन्डै तीन लाख टिकट बिक्री भएका छन्।
उक्त संख्यामा टिकट बिक्री हुँदा फिल्मले ९ करोड ७७ लाख ७७ हजार ६८५ रूपैयाँ कमाइ गरेको छ। चलचित्र विकास बोर्डका अनुसार यो कमाइ गत शनिबार (पुस १९)सम्मको हो।
त्यस्तै, हलिउडको 'अवतार ३' ले पनि नेपालमा राम्रो कमाइ गरेको छ। यो फिल्मले नेपालको बक्स अफिसमा ५ करोड ७८ लाख ५१ हजार ३ सय रूपैयाँ कमाएको हो। उक्त कमाइ हुँदा फिल्मको १ लाख ४१ हजार ३३७ वटा टिकट बिक्री भएका छन्।
बलिउड रोमान्टिक ड्रामा 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' ले नेपालमा ३४ लाख २४ हजार ८७८ रूपैयाँ कमाएको छ। यो फिल्मको ९ हजार ३६० वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, हलिउड फिल्म 'एनाकोन्डा' ले १५ लाख ४२ हजार ३६१ रूपैयाँ कमाएको छ। यसको ३ हजार ८७७ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, हलिउडको एनिमेटेड फिल्म 'द स्पन्जबब मूभी' ले ५ लाख २३ हजार ४७८ रूपैयाँ ग्रस कमाएको छ। यसको टिकट बिक्री संख्या १ हजार १८८ पुगेको छ।
