दक्षिण भारतीय स्टार प्रभास अभिनीत फिल्म 'द राजा साब' ले दुई दिनमा १३८ करोड भारू ग्रस कमाइ गरेको छ। फिल्मले विश्वव्यापी बक्स अफिसमा उक्त कमाइ गरेको हो।
फिल्मले भारतमा दुई दिनमा नेट ९०.७५ करोड (ग्रस १०८ करोड) भारू र विदेशी बजारबाट करिब ३० करोड ग्रस कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
फिल्मले पहिलो दिन राम्रो ओपनिङ गरेको थियो। निर्माण पक्षले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरणअनुसार पहिलो दिनको विश्वव्यापी कमाइ ११२ करोड भारू थियो। तर, दोस्रो दिनको व्यापारमा उल्लेखनीय गिरावट देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
ट्रेड वेबसाइट स्याक्निल्कका अनुसार फिल्मले भारतमा मात्रै पहिलो दिन ५३.७५ करोड भारू नेट कमाइ गरेको थियो। दोस्रो दिन २६ करोड नेट कमाइ गरेको जनाइएको छ। यसका आधारमा भारतमा पहिलो दिनको तुलनामा दोस्रो दिन व्यापारमा ५० प्रतिशतभन्दा बढीले गिरावट आएको देखिन्छ।
मारूति निर्देशित 'द राजा साब' मा प्रभासहित सञ्जय दत्त, बोमन इरानी, मालविका मोहनन, निधि अग्रवाल, रिद्धि कुमार, जरिना वहाबलगायत कलाकारहरूको अभिनय छ। फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।
नेपालमा सिनेमा हलहरूमा समेत 'द राजा साब' प्रदर्शनरत छ।