बलिउड फिल्म 'धुरन्धर' ले नेपालमा १० करोड रूपैयाँभन्दा बढी कमाइ गरेको छ।
फिल्मले पछिल्लो शनिबार (पुस २६) गतेसम्ममा सिनेपाः बक्सअफिसमा १० करोड १५ लाख १८ हजार ७९५ रूपैयाँ ग्रस कमाइ गरेको हो। यो अवधिमा फिल्मको ३ लाख ९ हजार २२७ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, हलिउडको 'अवतार ३' ले पुस २६ गतेसम्म नेपालमा ६ करोड २६ लाख १२ हजार ४ सय रूपैयाँ कमाइ गरेको छ। यो फिल्मको १ लाख ५३ हजार ४०१ व्टा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
चलचित्र विकास बोर्डले सिनेमा हलमा प्रदर्शनरत ७ विदेशी फिल्मको बक्स अफिस रिपोर्ट सोमबार सार्वजनिक गरेको हो।जसमा 'धुरन्धर' र 'अवतार ३' सहित 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी', 'एनाकोन्डा', 'द स्पन्जबब मूभी', 'द हाउसमेड' र '४५' छन्।
हेर्नुस् कुनको कमाइ कति?
