बलिउड फिल्म 'बोर्डर २' ले विश्वव्यापी बक्स अफिसमा ४ सय ३२ करोड भारूभन्दा बढी कमाइ गरेको छ।
सनी देओल स्टारर फिल्मले प्रदर्शनको २० औं दिन (बुधबार) सम्ममा उक्त कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। भारतमा यसले करिब ३ सय १६ करोड भारू नेट कमाएको छ।
२३ जनवरीमा रिलिज फिल्मले पहिलो र दोस्रो हप्ता राम्रो कमाइ गरेको थियो। तर तेस्रो हप्तामा दैनिक कमाइमा केही गिरावट देखिएको छ। जसले गर्दा समग्र रफ्तारमा अब केही सुस्त देखिन थालेको छ। यसले २० औं दिनमा भारतमा १ करोड ७५ लाख भारू कमाएको जनाइएको छ।
यद्यपि, 'बोर्डर २' ले नयाँ रिलिज भएका अन्य फिल्मसँग प्रतिस्पर्धा गर्दा पनि तिभन्दा राम्रो टिकट खपत गरेको देखिएको छ।
अनुराग सिंहको निर्देशनमा बनेको 'बोर्डर २' मा सनी देओल, वरूण धवन, दिलजित दोसाँझ र अहान शेट्टी लगायतको मुख्य अभिनय छ।
भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ताद्वारा निर्मित फिल्ममा मोना सिंह, सोनम बाजवा, मेधा राणा र अन्या सिंह पनि मुख्य भूमिकामा छन्।
फिल्मले देशभक्ति र सैनिक साहसको कथा भन्छ।
नेपालमा पनि राम्रो कमाइ गरेको 'बोर्डर २' अझै प्रदर्शनरत छ।