भारतीय फिल्म 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' ओटिटी प्लेटफर्ममा रिलिज गरिएको छ।
बक्स अफिसमा निराशाजनक प्रदर्शनपछि फिल्म डिजिटल माध्यमबाट दर्शकमाझ ल्याइएको हो। फिल्म बिहीबारदेखि अमेजन प्राइम भिडिओमा स्ट्रिमिङका लागि उपलब्ध छ।
समीर विद्वांस निर्देशित फिल्म २५ डिसेम्बरमा सिनेमा हलमा रिलिज भएको थियो। धर्मा प्रोडक्सन र नमः पिक्चर्सको प्रस्तुति रहेको फिल्मले दुई भिन्न स्वभाव र जीवनदृष्टि भएका पात्रहरूबीचको प्रेम सम्बन्ध र भावनात्मक उतारचढावलाई प्रस्तुत गर्छ। यसले विश्वव्यापी बक्स अफिसमा ४९ करोड ५० लाख भारु कमाइ गरेको थियो।