साउथ सिनेमा स्टार जोडी रश्मिका मन्दना र विजय देवरकोन्डाले बिहे गरेका छन्।
बिहीबार भारतको उदयपुरमा पारिवारिक र नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेपछि उनीहरूले आफ्नो वैवाहिक तस्बिरहरू सार्वजनिक गरेका छन्।
रश्मिकाले सामाजिक सञ्जालमा पहिलो पोस्टमा आफूलाई श्रीमतीको रूपमा परिचय गराउँदै विजयलाई ‘मेरो श्रीमान्’ भनेकी छन्। उनले विजयले आफूलाई साँचो मायाको महत्व र शान्तिको अनुभूति सिकाएको उल्लेख गरेकी छन्। विजयले पनि भावनात्मक पोस्ट लेख्दै आफूले आफ्नो सबैभन्दा राम्रो साथीलाई श्रीमती बनाएको उल्लेख गरेका छन्।
विवाह समारोह एक विलासित होटलमा पारिवारिक र साथीहरूको मात्र उपस्थितिमा सम्पन्न भएको थियो। दुवैका प्रशंसकहरूले जोडीलाई शुभकामना दिइरहेका छन्। विजय र रश्मिका सन् २०१८ मा 'गीता गोविन्दम' मा काम गरेपछि नजिक भएका थिए। लामो समयसम्म उनीहरूले आफ्नो सम्बन्धलाई लुकाएका थिए।
तस्बिरहरू: विजयको फेसबुकबाट


