भारतीय फिल्म 'धुरन्धर २' (धुरन्धरः द रिभेन्ज) ले विश्वव्यापी बक्स अफिसमा ठूलो सफलता हासिल गरेको छ।
रणवीर सिंह अभिनीत फिल्म विश्वव्यापी बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा छैटौं नम्बरमा आइपुगेको हो।
आदित्य धर निर्देशित फिल्मको विश्वव्यापी कुल कमाइ १२२६.४४ करोड भारू पुगेको छ। यसले विश्वव्यापी कमाइमा ‘के.जी.एफ. च्याप्टर २’ (१,२१५ करोड) र ‘जवान’ (१,१६० करोड) लाई पछाडि छोडिदिएको छ।
ट्रेड विश्लेषण वेबसाइट सैकनिल्कका अनुसार रिलिजको १० औं दिन (शनिबार) फिल्मले भारतमा ६६.८५ करोड भारू नेट कमाएको छ। भारतमा ‘धुरन्धर २’ को नेट कमाइ ७७८.७७ करोड भारू (ग्रस ९३०.४४ करोड भारू) पुगेको जनाइएको छ।
विदेशी बजारमा फिल्मले २९६ करोड भारू कमाएको हो।
यी हुन् विश्वव्यापी बक्स अफिसमा धेरै कमाउने भारतीय फिल्म
दंगल– २०७० करोड भारू
बाहुबली २– १७८८ करोड भारू
पुष्पा २– १७४२ करोड भारू
धुरन्धर– १३०७ करोड भारू
आरआरआर– १२३० करोड भारू
धुरन्धर २– १२२६ करोड भारू
केजीएफ च्याप्टर २– १२१५ करोड भारू
जवान– ११६० करोड भारू
पठान– १०५० करोड भारू
कल्की २८९८ एडी– १०४२ करोड भारू