हलिउड फिल्म 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे'ले नेपालमा पनि उल्लेखनीय व्यापार गरेको छ। नेपालमा यसले १४ करोड ७६ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको हो।
बिहीबार दिउँसो १ बजेसम्म फिल्मले १४ करोड ७६ लाख ३७ हजार ५३५ रूपैयाँ ग्रस कमाएको छ। बक्स अफिस स्रोतका अनुसार उक्त कमाइ हुँदा फिल्मको ३ लाख ६५ हजारभन्दा बढी टिकट बिक्री भएका छन्।
योसँगै 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' नेपाली बक्स अफिसमा धेरै कमाइ गर्ने विदेशी फिल्ममध्ये एक बनेको छ।
डेस्टिन ड्यानियल क्रेटन निर्देशित यो फिल्ममा टम हल्यान्ड, जेन्डाया, जेकब बटालोन, जन बर्नथल, सेडी सिन्कलगायत कलाकारहरूको अभिनय छ।
मार्भल स्टुडियोज र सोनी पिक्चर्सको यो फिल्म नेपालमा पनि एकसाथ रिलिज भएको थियो।