Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
मंगलबार, फागुन २६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

अर्ध-मृत समाज

Nmb
Nmb
उमेश जिज्ञासु

उमेश जिज्ञासु

gibl
gibl
gibl
gibl
उमेश जिज्ञासु।
उमेश जिज्ञासु।
Tata box 1
Tata box 1

म कुनै समाजशास्त्री, समाजशास्त्रीय विज्ञ नभएपनि बेलाबेला समाज वा समाज निर्माणका विषयमा साथिभाइ, घर-परिवार, इष्टमित्र लगायत सेरोफेरोका केही अग्रजहरुसँग बहस, छलफल, विमर्श गर्ने गर्छु।

नेपाली समाज अन्धविश्वास, कुरीति, पछौटेपन, कुरौटे, खुट्टातान्ने आदि इत्यादि नराम्रा चरित्र चित्रणले भरिपूर्ण समाज हो। यो समाज विवेकभन्दा आवेग अनि चेतनाभन्दा उत्तेजनाका भरमा अघि बढीरहेको छ।

यो यस्तो समाज हो, यहाँ अन्धविश्वास र कुरीति, धर्म र संस्कृति नामक अफिमले यहाँका जनमानिसमा पछौटेपनको झोला भिर्न विवश बनाइरहेको छ। यसलाई चिर्न चेतना र विवेकको आवश्यकता पर्छ जसका निम्ति शिक्षा एकमात्र अचुक औषधी हो।

शिक्षामा पहुँच एकैक्षणमा जादुले छु गर्ने बित्तिकै हुने हैन, त्यसैले शतप्रतिशत शिक्षित जनसंख्या निर्माण गर्न समय लाग्छ। दि वल्ड फ्याक्टबुकका अनुसार नेपालको कुल १५ वर्षभन्दा माथि उमेर समूहको साक्षरता दर ६७.९ प्रतिशत रहेको छ। जसको अर्थ हरेक १०० जनामा कम्तिमा ६७ जना शिक्षित वर्ग, जनसंख्या रहेको देखिन्छ। ६७ जना शिक्षित वर्ग, जनसंख्याले समाजलाई डोर्‍याउन सकेको जस्तो मलाई लाग्दैन।

६७ लाई १०० मान्ने हो भने कति प्रतिशतले पो समाजका बेतिथी, कुरिति, अन्धविश्वासलाई चिर्दै नयाँ समाज जुन प्रोएक्टिभ, अग्रगामी, समतामुलक समाज निर्माण गर्न आवाज निर्माण गरिरहेका होलान्? सूचना, ज्ञान, बुद्धि र प्रज्ञा भए समाजलाई राम्रो र व्यवस्थित ढङ्‌गले अगाडि बढाउन सकिन्छ।

उदाहरणका लागिः अमेरिकामा दुई सय राजनीतिक विज्ञले गरेको 'को राम्रो राष्ट्रपति?' भन्ने अध्यायनलाई लिन सकिन्छ। जसको पहिलो नम्बरमा औपचारिक अध्यायन हासिल नगेरेका अब्राहम लिंकन र दोस्रोमा सामान्य शिक्षा हासिल गरेका जर्ज वासिङ्टन परेका छन् भने फ्र्याङ्क्लिन डेलानो रुजबेल्ट, थियोडोर रूजवेल्ट, थोमस जेफर्सन जस्ता विद्वान क्रमश: तेस्रो, चौथो, पाँचौमा पारेका छन्।

यसको मतलब यो हैन, शिक्षाबिना स्वस्फूर्त रुपमा सूचना, ज्ञान, बुद्धि र प्रज्ञा आउँछ। सत्य के हो भने व्यक्ति आफैले सूचनालाई ज्ञान, बुद्धि र प्रज्ञामा बदल्न सक्नुपर्छ। औपचारिक शिक्षा केबल सहयोगी मात्र रहनेछ।

Premier
Premier

'हामीले ज्ञानमा गुमाएको बुद्धि कहाँ छ? हामीले जानकारी हराएको ज्ञान कहाँ छ?’ थोनस स्टर्नस् इलियटको यो पंक्तिले हाम्रो समाजलाई गिज्याइरहे जस्तो लाग्छ। अहिले चार महिने लकडाउन सकिएर सटडाउन सुरु भएको छ त्यो पनि देशका अधिकांश सहरहरुमा कारण कोभिड-१९ लकडाउन, सटडाउन आकस्मिक तयारीका निम्ति स्थिति सहज बनाउनका लागि चालिने अन्तिम कदम हो, तर यहाँ त्यही एउटै कदम हुन पुगेको छ।

सरकार सुतेको छ, आखिर लकडाउन, सटडाउनले गर्दा उठाउनेहरु थुनिएका छन् बन्द कोठाहरुमा। यो लेख तयार पार्दा सम्म वल्डोमिटरको अनुसार ३१ हजार ९३५ जना संक्रमित भएका छन् भने पछिल्लो २४ घन्टामा ८१८ जना नयाँ संक्रमित थपिएका छन्। १४९ को मृत्यु भएको छ भने २४ घन्टामा ३ नयाँ संक्रमितको मृत्यु भएको छ।

Ncell
Ncell

फलस्वरुप जनस्तरमा भय, त्रास, डरको भूमरी उत्पन्न भयो कारण उहीँ सूचनालाई ज्ञान, बुद्धि र प्रज्ञामा बदल्न नसक्नु। यो बीचमा न त सरकारले नै जनस्तरमा बुझाउन सक्यो, न त पढेलेखेका शिक्षित भनिने वर्गले नै। मुलुकमा निकै (निकै यस कारण कि केही प्रतिनिधि घटनाको मात्र चर्चा गरिन्छ र सबै घटना औलामा अटाउने छैनन्) व्यथितिका घटनाहरु राजनीतिक, सामाजिक र व्यक्तिक रुपमा घटेका छन्।

हरेक समाज व्यक्ति विशेषले निर्माण हुन्छ, यसलाई डोर्‍याउने कार्यभार राजनीतिक नेत्रित्व र समाजका बौद्धिक व्यक्तित्वको हुन्छ। समाजमा घटेका व्यथितिका घटनामा नरोक्ने, अन्देखा गर्ने, मुक्दर्शक बन्ने प्रवृत्ति प्रशस्त देख्न सकिन्छ। नराम्रो कार्यलाई रोक्न राजनीतिले राजनीतिकरण गर्दै जनस्तरमा राम्रा कुराको बीउँ रोप्नुपर्छ।

समाजका विज्ञहरुले राजनीतिक नेत्रित्वलाई सही सल्लाह र मार्गदर्शन दिनुपर्छ। जुन अहिले हाम्रो समाजमा शून्यप्रायः छ। राजनीति र राजनीतिकरणसँग विषयलाई जोड्नु मुख्यकारण भनेको समाज निर्माण प्रकृयामा राजनीति, राजनीतिकरणले मुख्य भूमिका खेलेको हुन्छ।

नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा भय, त्रास, डर फैलियो। फलस्वरुप कोरोना संक्रमित, फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निको भएका संक्रमित प्रति हेय र घृणाको दृष्टिले हेर्ने क्रम बढ्दै जाँदा दुर्व्यवहारका घटना बढेका हुन्। अर्को तर्फ अन्य बिरामी उपचार नपाएर ज्यान गुमाइरहेका छन्। समाजका हर एक पक्षको ज्ञान र प्रज्ञाको स्तरलाई यस्ता घटनाले उदाङ्गो पार्दै नङग्याइ रहेको छ।

स्वास्थ्यकर्मी महामारीसँग भिड्दै छन् भने हाम्रो समाज उनै स्वास्थ्यकर्मीसँग भिड्न तल्लीन लागिपरिरहेको छ। कतै स्वास्थ्यकर्मी बस्ने होस्टल घेराउ हुन्छ, कतै 'आइसोलेसन होम, कोरोना संक्रमित' लेखिएका व्यानर लिएर जनप्रतिनिधि सहितको टोली पुग्छ। कतै स्वास्थ्यकर्मीलाई घर आवत-जावतमा रोक लगाइन्छ त कतै आइसोलेसन वार्ड तोडफोड र चोरी हुन्छ, त्यो पनि क्याम्पस प्रमुख भनिने पढेलेखेको अशिक्षितबाट।

अरु मुलुकमा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई बाजा बजाएर, दियो बालेर, थपडी बजाएर मनोबल र हौसला बढाउने कार्य हुन्छ भने यहाँ? यहाँ टोले स्वयमसेवीले गुन्डागर्दी गर्दै डाक्टरको हुर्मत लिन्छन्। आइसोलेसन वार्डमा छिरेर हातपात गर्छन्। निको भएका संक्रमितलाई हेयको भावमा हेर्दै गाउँ छिर्न रोक लगाउँछन्।

के हाम्रो समाज निर्लज्जाको बर्को ओढेर अघि बढिरहेको छ? के हाम्रो संस्कृति सूचना, ज्ञान, बुद्धि र प्रज्ञाको स्खलनले अविवेकी बन्दै छ? एक/दुई जना मूर्ख हुन सक्छन् तर सबै मूर्ख भए हाम्रो समाजको अस्तित्व कस्तो होला? चिन्ताको विषय यहाँ छ। अबको समाज निर्माण कस्तो गर्ने? प्रश्नको विषय यहाँ अडिएको छ।

अर्को कोणबाट हेर्दा स्वास्थ्य क्षेत्रमा कार्य गर्ने स्वास्थ्यकर्मीहरु पनि चोखो भने छैनन् उनीहरु पनि यहीँ समाजले रोपेको वृक्षको फल जो हुन्। डायलसिस नपाउँदा प्रमोद महतोको ज्यान गयो। स्वास्थ्य क्षेत्रमा यस्तो लापरबाही गर्ने छुट कस्ले दियो? स्वास्थ्य क्षेत्रको हेलचक्राइले ज्यान गएका कयौं घटना देशभरी छरिएका छन्।

यो त केबल प्रतिनिधि घटना हो। यहाँ दुई हजार तिर्न नसक्दा गुड्डी पाल जस्ता कयौँले मृत्यु व्यहोरेका छन्। के कसैको जीवनको मूल्य दुई हजारमा सीमित भएको हो?

अन्त्यमा,

यस्ता घटना लगभग सबै क्षेत्रमा व्यप्त छ। यस्ता घटना घट्नुका पछाडि सार्वजनिक उत्तरदायित्वहीन र गैर जिम्मेवार हुनु मुख्य कारण हो। जिम्मेवार बहन नगर्ने जो-कोही यस्ता घटनाको कठघरामा उभिएर छातीमा हात राखेर प्रण गरौँ, मेरो जिम्मेवार बहन म आफै गर्छु।

कसैले गैर-जिम्मेवारपूर्ण कार्य गर्छ, गराउँछ भने त्यसको बिरोधमा आवाज उठाउछु। अन्घकारले छिपिएको रातलाई बिहानीको उज्यालो किरणले चिरे झै सूचनालाई ज्ञान, बुद्धि र प्रज्ञामा बदल्दै उज्याला ज्योती फैलाउन प्रयत्न गर्नेछु।

जीवनका हरिया रंगको पछाडि हैन, सिद्धान्तका खैरो रंगको पछाडि दौडने अग्रगामी परिवर्तनकारी समाजको खाँचो छ। जसले अर्धमृत समाजलाई संजीवनी बुटी खुवाएर प्रोएक्टिभ, अग्रगामी, समतामुलक समाज निर्माण गर्न सकोस, सकियोस्।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १६:१७
सिफारिस
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
कालीगण्डकीमा बग्नबाट बचेको दिन!
भोटको मौसम, भरोसाको खडेरी!
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना!
मेरो एक भोटको दम!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP