Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
सोमबार, चैत २, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

यार्चा डायरी

Nmb
Nmb

जग बहादुर बुढामगर

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

जेठको दोस्रो साता शुरू हुनासाथ डोल्पाका गाउँ बस्तीमा एक किसिमको रौनक छाउँछ। सबैलाई एउटा नयाँ आशा पलाउँछ। स्कुल बन्द हुन्छन् र सबैलाई एक किसिमको नयाँ उमङ्ग लिएर आउँछ। वर्षभरी चाहिने आर्थिक जोहो गर्न बालबच्चा, युवायुवती, वयस्क महिलापुरूष सबैमा आशाको सञ्चार प्रवाहित हुन्छ। त्यो हो- यार्चागुम्बु।  

कुरा २०६१ साल तिरको हो। स्नातक दोस्रो वर्षको परीक्षा दिएर यार्चा टिप्न डोल्पा लागेँ। जेठको महिना थियो । म ५ गते घर पुगेँ । ८ गते बन फुकुवा गर्ने भएकोले ७ गते नै खर्क पुग्नुपर्ने थियो। खर्क जाने गाउँलेको योजना अनुरूप म पनि ७ गते गाउँलेसँग जानको आफ्नो झोला र दुई हप्तालाई पुग्ने रासनको पोको तयार पारेँ। 

गाउँदेखि खर्कको बाटो ४ घन्टाको छ, एक घण्टा तेर्सो र ३ घन्टा उकालो। ७ गते दिउँसो करिब २ बजेतिर म खर्क जान तयार भएँ। समानहरू साथीको घोडा र खच्चडमा पठाएको थिएँ।

करिब दिउँसो १ बजेदेखि नै सारा गाउँले झिटीघुम्टा बोकेर आफूले पालेका सारा वस्तुभाउ गाई, गोरू, भेडा बाख्रा, घोडा, खच्चरको लावालस्कर लगाएर सुसेलीले गाउँनै थर्किने गरेर यार्चाखर्क तिर लाग्दै थियो। त्यही भिडमा म पनि मिसिने भएँ।

आमा बिदाई गर्नलाई भोजपत्रमा घिउँको सानो डल्ला अनि कचौरामा चिनो चामल लिएर बस्नुभएको थियो। मैले झोला बोकेँ र आमा माथि थारामा गएर लिङ्गोलाई यार (घिउको टिका) लगाएर तल झर्नु भयो र मलाई यार (घिउको टिका) मेरो दाइने कन्चटमा लगाउनुभयो र चिनो चामलको गेडाहरु तीन पटक मेरो टाउकोमा राख्दै,

सोसो थाआपा या यी फोला सो (दाहिनामा पितृदेवको जय)

थाअपा योन यी म्होला सो (बाहिनामा पितृदेवीको जय)

चुरचुउ सुमयी टाप्ला सोसो (शिरमा रहित त्रिदेवको जय जय)

भनेर सगुन गर्नु भयो।

Ncell
Ncell

साथीहरू कुरेर बसेका थिए। त्यसपछि हामी बाटो लाग्यौं।

हाम्रो यात्रा बिस्तारै अघि बढ्यो, हामी घनाजंगल छिचोल्दै फिल्मी बातहरू गर्दै लम्किरहेका थियौं। त्यसैमा चराचुरुङ्गीका गुन्जनले यात्रा झनै रोमान्चित बनाइरहेको थियो।

शरीर पसिनाले निथ्रुरुक्क भिजेर निधारबाट पसिनाका दानाहरु टप्पटप्प भुइमा चुहिँए पनि शितल र मन्द चिसो हावाले छुट्टै आनन्द दिइरहेको थियो। बाटो बिस्तारै अब तेर्सोबाट उकालोतिर बढ्यो। जिउ थकान र अनि मुटुको धड्कन बढ्दै थियो। आकाशमा कालो बादल मडारिरहेको थियो। 

थकान र हिँडन गाह्रो भएपछि भने मैले साथीहरूलाई अगाडि बढ्न आग्रह गरेँ। ‘म बिस्तारै आउँछु तिमीहरू जाँदै गर’ भने । साथीहरूले शुरूमा छोडेर जान इन्कार गरे, पछि मैले तिमिहरू गएर टेन्ट गाड्दै गर्नू भनेपछि अगाडि बढे। म बिस्तारै आफ्नै गतिमा अघि बढे ।

साँझको ६ बज्न लागेको थियो । मनमनै लाग्यो यो यार्चागुन्बु पनि कस्तो यस्तो अनकन्टार ठाउँमा भएको होला । टिप्न जान यती गाह्रो। र माथि नै उक्लिनु पर्ने ।

त्यसै बखत मनमा अर्को कुरा पनि आयो । होईन यतिमाथि हिमालमा हुने भएर नै यसको यत्रो महत्व र महँगो भएको होला नि भन्ने पनि लाग्यो। 

त्यतिकैमा, यार्चाबारे पढेको केही कुराहरु मनमा आयो, भोट भाषामा ‘यार’ भनेको वर्षामास, ‘चा’ भनेको घाँस, ‘क्हुन’ भनेको हिउँद र ‘बु’ भनेको किरा, यानिकी वर्षामासमा घाँस र हिउँदमा किरा हुने हुदाँ यसको नाम यार्चाकुन्बु भएको, चौधौं सताब्दी तिर न्याम्न्यी दोर्जे (१४३९–१४७५), एउटा तिब्बती लामा तथा चिकित्सक, ले ‘अन ओसियन अफ अफ्रोडिजियाकल क्वालिटिज’नामक किताबमा सर्वप्रथम यार्चागुम्बुको गुण यौनशक्तिवर्दक भनेर उल्लेख गरेको, र सन् १९९३ जब चाइनिज लामो दुरिका म्याराथोन धावकहरुले अन्तर्राष्ट्रिय रेकर्डहरु तोडेपछि यसको रहस्यको मुल कारण यार्चागुम्बु रहेको पुष्टी भएपछि एकाएक यसको माग र अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको हो।  पछि बिबिसीले ‘हिमालयन भायग्रा’ भन्ने बनाएको डकुमेन्ट्री दृष्य पनि आँखैमा आयो । उकालो छिचोल्ने क्रम जारी थियो, तपतप पसिना चुहिँदै थियो।

त्यतिकैमा मनमा अर्को कुरा पनि आयो, प्रकृतिको लीला पनि गजब हुँदोरहेछ। यदि हिमाली भुभागमा यो यार्चागुम्बु नहुँदो त जिविका चलाउन कस्तो गाह्रो हुँदो हो। किन भने यहाँ कृषि उब्जाउको लागि न त भुगोल नै मिलेको छ न त सिचाँइको सुविधा बस आकाशे पानीको भरमा खेती गर्नुपर्छ। भएको अन्नले ६ महिना पुर्‍याउन पनि धौधौ हुन्छ। यस्तो ठाउँमा यार्चा भएर यहाँका मानिसलाई केही राहात त मिलेको छ। यार्चा खोज्न आए धेरथोर जे जस्तो भए पनि केहि त पाउँछ र त्यसैले केही हदसम्म घरखर्ची चलाउने जोहो त हुन्छ।

प्रकृतिको लिला अपरम्पार छ। त्यस्तैगरि यदि सोलुमा सगरमाथा नभइदिएको भए, त्यहाँका शेर्पाको जीवन कस्तो हुँदो हो। खाडी मुलुकमा तेलको खानी नहुँदो त आज खाडी मुलुकको विकास यस्तो हुँदैन थियो होला। प्रकृतिले जहाँ जस्तो भुगोल र भूमी त्यहाँ त्यस्तै जिविकोपार्जनको लागि केही न केही उपहार दिएको हुँदोरहेछ जस्तो लाग्यो। पूर्वी नेपालको ओसिलो खोल्सामा अलैंची नहुँदो हो त त्यहाँको जनजीवन कस्तो हुँदो हो। आदि इत्यादि कुरा मनमा खेलाउँदै अघि बढ्दै थिए र थाहा नपाईँ हाम्रो क्याम्पमा पुगेछु।

क्याम्पमा पुग्दा पुरा माथिदेखि तल दायाँबायाँ सबै चौरहरू निलो, रातो, पहेलो र सेतो रंगीबिरङ्गी टेन्टले भरिएको थियो। कुनै टेन्टको छेउबाट त कुनै टेन्टको भित्रबाट धुवाँ आकाशमा तिर हानेझैं गरी उडिरहेको थियो। कोही टेण्टको बाहिर मानिसहरू कपमा चिया खाइरहेका थिए। कोही खाना पकाउनमा ब्यस्त देखिन्थे। कोही दाउराका भारी लिएर क्याम्पतिर आइरहेको थिए। कोही ग्यालिनमा पानी लिएर आउँदै थिए। लाग्थ्यो कि, सबै आ-आफ्नो धुनमा कुनै उत्सवको तयारी गरिरहेको थियो।

प्राय: सबैको टेन्ट अगाडि दाउराको ढङ्गुर थियो। सबैजसो टेन्टको खम्बा भोजपत्रका कलिला काठहरु गाडेको थियो। त्यतिखेर मेरो मनमा अर्को प्रश्न उठ्यो। होईन यस्तो संवेदनशील हिमालको काखमा सधैं वर्ष पिच्छे यसरि काठ दाउरा काटे त एक दिन यहाँका पुरै जंगल नै सखाप हुन्छ होला, दाउराको ठाउँमा अन्य कुनै खाना पकाउने स्रोत र टेन्टको पोल पनि काठको सट्टा अन्य कुनै फलाम या आल्मोनियमको खम्बा वैकल्पिक भए रूख काट्नबाट जगंल जोगिन्थ्यो र वातावरण जोगिन्थ्यो होला नि भन्ने लाग्यो। यसरी सोच्दै अगाडि बढ्दै गर्दा म हाम्रो टेन्टमैं पुगेँ।

म हाम्रो टेन्टमा पुग्दा साथीहरु खाना बनाइरहेको थिए। मेरो लागि चाउचाउ र चिया राखिएको थियो। मेरो भने अलिअलि टाउको दुखेको थियो। चिया र चाउचाउ खाएँ र एकछिन पल्टेको त भुसुक्कै निदाएछु। केही बेरपछि साथीहरूले खाना खान उठाए। खाना खान खासै मन नै थिएन, सायद हल्का लेक लागेकाले होला। तै पनि साथीले खान कर गरे र थोरै खाएँ। भोलि बिहान बन कतिखेर छोड्ने हो रे भनि सोधेँ।

बिहान सात बाजे गाउँले भेला हुने भन्ने कुरो छ भनेर भने। म थाकेर लोत थिए। साथीहरू भने भोलि बिहानको लागि खानाको तयारी गर्दै थिए। यार्चा टिप्दा फापरको ढेसु (फापरको एक प्रकारको रोटी) लाने गर्दा रहेछन्। फापरको ढेसु खाए तागत र लामो समय भोक नलाग्ने भएकोले प्रायः सबैले फापरको ढेसु नै खाने गर्थे। साथीहरु ढेसु बनाउनतिर लागे। थाकेर होला क्यारे एकैछिन मै निदाएछु।

०००

बिहान करिब ५ बजेतिर निद्रा खुल्यो । एक जना साथी उठेर चिया पकाउँदै थियो । यसो उठेर बाहिर निस्केको त सेताम्मे हिउँ थियो।

अहो हिउँ परेको रैछ त हगि? भनेर मैले सोध्दा धेरै छैन ‘करीब दुई इन्च जती हिउँ मात्र परेको रैछ भनेर साथीले भने।’

बिस्तारै अरू साथीहरु पनि उठ्न थाले ।

सबैले दनदन बलेको मुडाको आगोको वरीपरि बसेर चिया र सातु खायौं ।

एक छिनपछि एक जना साथीले बेलुका बनाएको फापरको ढेसु धिक्चीबाट निकाल्दै बाडे, हामी चार जना थियौं।

सबैले आ-आफ्नो धेसु झोलामा हाले। अझै त्यस माथि एउटा चाउचाउ र एउटा बिस्कुट पनि थपे। मलाई खासमा चाउचाउ मन पर्थेन तर पनि भोक लाग्ला कि, भनेर मैले एउटा चाउचाउ र बिस्कुट हालेँ।

सबैले आफ्नो ढेसु झोला हाले। कोही कुटो तयार गर्दै थिए। हामी चार जनामध्ये दुई जनासँग यार्चा खन्ने कुटो थियो भने दुई जनासँग काठ तिखारेर बनाएको हतियार थियो।

हामी तयार गर्दै थियौं तलतिर बसेका मानिसहरू भने माथि हिँड्दै थिए र जानेबेला भएन भन्दै जान्थे। केही बेरपछि हामी पनि तयार भयौं। टेन्ट वरिपरि ढुङ्गा र दाउराहरुले छेकबार लगाएर हामी पनि माथि तिर उक्लियौं। करिब आधा घान्टाको उकालो हिँडे पछि एउटा चउरमा सबै जम्मा हुँदै थियौ। हिजोको हिउँले बाटोमा अलिअलि बरफ पनि जमेको थियो।

बिस्तारै मानिसहरू जम्मा हुँदै थिए। समय बिहानको सात बज्नै लागेको थियो, एक छिनमा सबै जम्मा भए।  छलफल भयो, जसअनुसार त्यस दिन छ्युकार्बो बनमा यार्चा टिप्ने, त्यसको भोलि उता माथि लुङ्जु बनमा र पर्सी उता तोपारको बनमा टिप्न जाने  निधो भयो।

त्यसबेला डोल्पाका प्रायः बनहरूमा माओवादीले बन फुकाउने र बनको पुर्जी उठाउने गर्थे, तर हाम्रो बन चाही सानो भएकोले माओवादीले त्यति चासोका साथ लिदैनथ्यो।

केहि बेरपछि गाउँका एक जनाले सिटी फुके र सबै जना दर्गुदै आ-आफ्नो गतिमा अगाडि बढे। त्यहाँबाट यार्चा पाउने ठाउँ करिब २० मिनेट जति लाग्थ्यो। युवाहरू र प्रायः छिटो दगुरे भने महिला र केही दगुर्न नसक्नेहरु बिस्तारै हिँडे, म पनि दगर्नु नसक्नेकै हुलमा सामेल भएँ। हामी पुग्दा कोही भने माथि नै पुगेका थिए। बनभरि बस्तु छोडे जस्तै सबै सबै आफ्नो धुनमा यार्चा खोज्दै थिए। कोही भने, सो सो भन्दै कोदालोले भुइ खन्दै थिए।

एकातिर राती परेको हिउँले खोज्ने गाह्रो बनाएको थियो भने अर्कोतिर जति खोज्दा नि नपाएर बिरक्तिएँ म। तै पनि पनि यताउति गर्दै कहिले घिस्रिएर र कहिले दुई घुडाँ टेकेर यताउता खोजिरहेको थिएँ। म सँग खोज्ने एक जना साथीले मेरै छेउबाट एउटा खनिहाले। त्यसैगरी अर्कोले उता सोसो भन्दाइ खने। म एकछिन जिल्लै परेँ।

 त्यसबेला एक जना भाइ मेरो नजिक आएर सोधे, ‘कति भेट्नु भयो दाजु?’, छैन नि एउटा पनि भनेँ र ती भाइले त्यसोभए लौनुस मेरो तर्फबाट भन्दै एउटा यार्चा दिए। उनलाई सोध्दा, उसले करिब २५ वटा यार्चा भेटेको सुनाए। एकछिन पछि भाइ आफ्नो बाटो लागे, म पनि खोज्दै थिएँ, हिजो रातिको सपनाको याद आयो...

एउटा सेताम्मे हिमालको काखमा एउटा सानो चौर थियो, त्यो चौरमा सानोसानो बुकीहरू थिए। चौरको दायाँ  एउटा सुन्दर हिमताल थियो, बायाँबाट सानो खहरे खोला बग्दै थियो । त्यही बिचको चौरमा म यार्चा हेर्दै थिएँ। चउरभरि यार्चा लटरम्म थियो म भने सकिनसकि खन्दै थिए। केहि बेरपछि दुई बोरानै पो यार्चा खनिएछु, मन एक दमै प्रफुलित भएँ। त्यतिकै मा ब्युझिएँ, यसो आखाँ खुल्यो त्यो त सपना पो थियो। 

साँच्ची रातिको सपना जस्तो भएको भए कस्तो हुँदो हो भन्ने लाग्यो। सपना सम्झेको एक छिनपछि समय करिब दिनको ११ बजेको थियो, खोज्ने क्रममा बल्लबल्ल एउटा यार्चा देखेँ, गैंडाको खाग जस्तै तर सानो, गहुँगोरो रंगको वरिपरि घाँसको बिचमा चिटिक्क परेको, एकछिन यसो हेरेँ, मनमा एक किसिमको उमंग आयो, त्यसपछि मसँग भएको तिखो काठको हतियार जमिन घोंच्दै सो सो भन्दै खने। त्यसपछि भने क्रमशः १० देखि १५ मिनेटको अन्तरालमा यार्चा भेट्दै गएँ।

दिउँसो करिब एक बजेको थियो, हामी खाना खान रोकिने क्रममा थियौं, कोही भने ढेसु टोक्दै यार्चा खोज्दै थिए। म सहित केही साथीहरू भने खान बसौं, खानामा कसैको ढेसो कसै भात, जसको जे जस्तो भए पनि हामीले एउटा रूमालमा सबै खाना मिसाएर सँगै खायौं।

केहीबेरमा दुई जना केटाहरू चाउचाउ खादै यार्चा खोजिरहेको थिए। त्यो देखेर मनमा फेरि अर्को प्रश्न उठ्यो। यद‍ि एक जनाले दिनको एउटा दुइटाको दरले चाउचाउ र बिस्कुट दिनहुँ खाँदा डोल्पाको पाटनहरूमा कति प्लास्टिक होलान्। वर्षेनी यार्चा टिप्न पाटनमा जम्मा हुने ४०,००० देखि ५०,००० सम्मका मानिसले खाएको चाउचाउ र बिस्कुटको खोल मात्राले कति फोहोर हुँदो हो।

यसरि यो तरिकाले हिमालको पवित्रता र मानिसको अत्यधिक चाप र दोहनले भोलि यार्चा नपाउने चुनौती पनि आउन सक्ला भन्ने कुरा मनमा लाग्यो। केहिबेर पछि खाना खाएर फेरि हामी यार्चा खोज्न तिर लाग्यौं । फाट्टफुट्ट भेटिए। दिउँसो करिब ४ बजे भोक लाग्यो र झोलाबाट बिस्कुट निकालेँ। बिस्तारै बिक्कुट टोक्दै यार्चा खाज्दै गरेँ। करिब ५ बजे तिर मानिसहरु अब क्याम्प तिर झर्न थाले। म पनि बिस्तारै खोज्दै र झर्दै गरेँ।

६ बजेतिर क्याम्पमा आएँ, हाम्रो दुई जना साथीहरू भने आएर पनि चिया खादै यार्चा केलाउँदै थिए, उनीहरूमध्ये एक जनाले १०० र अर्कोले १२० पाएको रहेछ। मैले झोलाबाट यार्चा थालमा खनाए र यसो गन्दा ४० पाएको रहेछु र एउटा तुथब्रस लिएर यार्चा केलाउन थालेँ। केहीबेर पछि अर्को साथी पनि आए। दुई जना साथीहरू भने खाना बनाउन तिर लागे।

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १३:३७
सिफारिस
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

एक्लोपन: साइबर अपराधीको ब्रह्मास्त्र!
यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!
कंगारू किक हान्ने चुन्टे!
म पनि नेपाल हाँसेको हेर्न चाहन्छु!
मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP