केही यूरोपियन मुलुकलाई छोडेर संसारभरी नै धेरै जसो ठाउँमा साप्ताहिक ४० कार्य घण्टा हुन्छ। निजि संस्थानमा संस्थानको आफ्नै नीतिअनुसार त्यो भन्दा बढी घण्टा काम गर्न स्वतन्त्रता पनि हुन्छ। यसमा मैले नेपालको र अमेरिकाको सरकारी कर्मचारीहरूले उपयोग गर्ने बिदाको बारेमा मात्र तुलना गरेको छु। सामान्यतया मासिक (अमेरिकाको हकमा बार्षिक) तलब तोकिएका कर्मचारीहरूले ओभरटाइम गर्न पाउँदैनन्, त्यसैले स्टाण्डर्ड कार्यघण्टा नै साप्ताहिक ४० हुन्छ। नेपालमा रहदा सरकारी जागिरको अनुभव नभएकोले देखेको भोगेको र सुनेको आधारमा तुलना गरेको छु।
अमेरिका र नेपालको सरकारी कार्यालय को कार्यप्रकृति यस्तो रहेको छ। नेपालमा सरकारी कार्यालय आइतबार देखि बिहिबार सम्म १० देखि ५ बजे सम्म दैनिक ७ घण्टा खुल्ने गर्छन् अनि शुक्रबार चाहिँ १० देखि ३ बजे सम्म ५ घण्टा खुल्छन्। यसरी साप्ताहिक कार्य घण्टा जम्मा ४० नै हुन आउँछ। दिउँसोको खाजा समय पनि यहि समय भित्र पर्ने भएकोले दैनिक १ घण्टा खाजाको समयको दरले ६ दिन कार्यालय आउँदा ६ घण्टा खाजाको समय काट्ने हो भने एकदम नेट भनेको ४० मा ६ कटाएर ३४ कार्य घण्टा हुन आउँछ।
अमेरिकामा प्रत्यक्ष जनसम्पर्क हुने कार्यलयको मात्र कार्यालय समय हुन्छ। जस्तै ८ बजे बिहान देखि बेलुका ६ बजे सम्म। प्रत्यक्ष जनसम्पर्क नहुने कार्यालयहरूमा बिहानै ६ बजे देखि बेलुकी ८र ९ बजेसम्म आफ्नो अनुकुलता अनुसार काम गर्ने अवसर हुन्छ। समय चाहिँ सुपरभाइजरसंग र आफ्नो जागिरको करार अनुसार हुन्छ, कोही दैनिक ८ घण्टा काम गर्ने र ५ दिन काम गर्ने, कोहि दैनिक १० घण्टा गर्ने र ४ दिन मात्र गर्ने, अनि कोही बिहान ६ बजे नै सुरु गर्ने कोहि ९ बजे मात्र सुरु गर्ने, यो स्वतन्त्रता हुन्छ।
दैनिक ८ घण्टा, साप्ताहिक ५ दिन काम गर्नेको कार्यतालिका हेराैँ। बिहान ८ बजे सुरु गरेर खाजाको १ घण्टा को समय कटाएर नेट ८ घण्टा काम गरिन्छ, बेलुका ५ बजे सम्म। नेपालको आँखाले हेर्दा बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म जम्मा ९ घण्टा काम गरियो भन्ने हुन्छ, तर अमेरिकाको पद्धति अनुसार खाजाको समय कटाएर खुद कार्य समय ८ घण्टा हो। अनि जनसम्पर्क हुने ठाउँमा पनि सबै जना कर्मचारीसंगै आउने नभएर अलि ढिलो छिटो आउने बनाइएको हुन्छ, खाजा खान जाने पनि पालो राखिएको हुन्छ, त्यहि भएर खाजाको समय भनेर जनसम्पर्कको कार्यालयको मान्छे नभेटिने अथवा काम नहुने हँुदैन। कार्यालय खुल्दा काम सुरु गर्ने कर्मचारीको समय, कार्यालय बन्द हुनु अगाडी नै सकिएको हुन पनि सक्छ। कर्मचारीको समय व्यवस्थापन र रोटेसन गरेर त्यसलाई व्यवस्थित बनाइएको हुन्छ, हमेसा कर्मचारी तयारी अवस्थामा हुन्छन्।
वार्षिक बिदाको अवस्था
अमेरिकामा संघीय कर्मचारी (केन्द्रीय सरकार अन्तर्गत)को वार्षिक बिदा जम्मा १० दिन हुन्छ। हरेक वर्षको लागि यो निश्चित हुन्छ। १० दिन भन्नाले दैनिक ८ घन्टाको दरले ८० घण्टा हो अथवा जम्मा २ कार्य हप्ता हो। व्यक्तिले पाउने निजि बिदा उसको सेवा अवधि अनुसार फरकफरक हुन्छ। त्यसलाई हिसाब नगर्ने हो भने वार्षिक हिसाबमा, जम्मा ५२ कार्य हप्तामा, २ कार्य हप्ता बिदा हुने भएकोले नेट ५० कार्य हप्ता अथवा ५० हप्ता ४०२००० घण्टा काम गर्छन्।
नेपालको अवस्था अलि भिन्न छ, हिसाब नै गर्न गारो। कुनै बिदा कसैलाई मात्र कुनै बिदा सबैलाई मात्र। सामान्यतया कुनै बिदा, विषेश जाति अथवा सम्प्रदायलाई मात्र भने पनि सरकारी काम चाहिँ सुचारु हुने देखिदैन, जस्तै तीजमा महिला मात्रलाई बिदा भनियो, तर कार्यालय चाहिँ बिदाको नै मूड भएर काम हुँदैन।
२०७४ को सार्वजनिक बिदाको लागि, यसको आधिकारिकता त थाहा छैन, यसमा आधार मान्दा यस्तो देखियो। यहाँ जम्मा सबै गरेर ३९ दिन ५ दिन (दशैंको समेत) जम्मा ४४ दिन बिदा छन् । कुनै बिशेष जाति अथवा समूह सम्प्रदाय लाइ दिएको बिदा पनि जोडिएको छ। पछि बिशेष निर्णय गरेर, भोटो जात्रा, इद उल फित्र, बकरिद, मुस्लिम धर्म गुरुको जन्म दिन, पृथ्वी नारायणको जन्मदिन, क्रिसमस गरेर ६ दिन थपिएको छ। होलि चाहिँ पहाड र मधेस गरेर दुईदिन हुने भएकोले दोहोरिएकोले एकदिन हटाउँदा जम्मा ४९ दिन हुन आउँछ। ४९ दिनको समय भनेको ४९ ह् ७ घण्टा . ३४३ घण्टा हुन आउछ। यो भनेको ३४३र३४ .१० हप्ता हो। हो, नेपालमा वार्षीक सार्वजनिक बिदा १० हप्ता हुन्छ।
नेपालमा सरकारी कर्मचारीले वार्षिक १,४२५ घण्टा काम गर्छ, अनि अमेरिकामा सरकारी कर्मचारीले २,००० घण्टा काम गर्छ। सिधा हिसाबले ५७५ घण्टा बढी काम गर्छ, प्रतिशतमा भन्ने हो भने ठ्याक्कै ४०५ बढी काम हुने रहेछ, अर्थात् जम्मा काम १४०५। सामान्य भाषामा भन्ने हो भने, नेपाल को सरकारी कर्मचारीले भन्दा अमेरिकाको कर्मचारीले झन्डै डेढ गुना बढी काम गर्ने रहेछन्। नीति निर्माण गर्ने संयन्त्र, कर्मचारी युनियन र अन्य सरोकारवालाको यस कुरामा बेलैमा ध्यान जान जरूरी छ।