नेपालमा हालै आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि तनहुँ समाज युकेले संकलन गरेको १० लाख १९१ रूपैयाँ बराबरको चेक एक कार्यक्रमकाबीच समाजकी उपाध्यक्ष निर्मला थापाले अर्थमन्त्री स्वर्णिम वाग्ले मार्फत हस्तान्तरण गरिन्।
उक्त अवसरमा अर्थमन्त्री वाग्लेले आर्थिक सहयोग प्रदान गर्ने तनहुँ समाज युकेको सम्पूर्ण सदस्यहरूलाई धन्यवाद व्यक्त गरे।
यसैगरी मातृभूमि नेपाललाई अप्ठ्यारो परेको समयमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरूप्रति समाजका अध्यक्ष सन्त गुरुङले आभार व्यक्त गरे।
बाढीपहिरोमा परी अकालमा ज्यान गुमाएका सबैप्रति तनहुँ समाज युकेले परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
साथै विस्थापित तथा प्रभावित परिवारप्रति हार्दिक सहानुभूति प्रकट गरेको छ।