गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई अध्यक्ष बद्री केसी महेश श्रेष्ठ सँगै देखिएका छन्।
नगारिकता लगायतका विषयमा दुवै पक्षले एकैसाथ गृहमन्त्री ओम अर्याल र उर्जामन्त्री कुलामान घिसिङलाई भेटेका छन्।
गृहमन्त्री अर्याल र घिसिङलाई ज्ञापनपत्र बुझाउने क्रममा केसी र श्रेष्ठै सँगै रहेका छन्।
दुई अध्यक्षसँगै उनीहरू निकट एनआरएनए पदाधिकारी र अभियन्ताहरू पनि छन्।
गैरआवासीय नेपाली संघ एनआरएनएमा दुई कमिटीबिच एकता आइतबार प्रधामन्त्री सुशीला कार्कीको रोहबरमा एकताको लागि हस्ताक्षर हुने तय भइसकेको छ।
‘हामीले गैरआवासीय नागरिकता उपयोगमा देखिएका समस्याबारे भनेका छौं। सरकारका तर्फबाट यसलाई सहजीकरण गर्न मिल्ने कानुन तत्काल संशोधन गर्ने प्रतिबद्धता आएको छ,’ एनआरएनएका उपाध्यक्ष रामशरण सिमखडाले भने, ‘उर्जामन्त्रीले लगानीबारे कुरा गर्नुभयो। लगानीको वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो। हामी पनि एकताको सन्देश लिएर गएका थियौ। हाम्रो सामुहिकताले सकरात्मक सन्देश गएको छ।’
यो पनिः अन्ततः एक हुने भए एनआरएनए, प्रधानमन्त्री कार्कीको रोहबरमा आइतबार घोषणा