गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्व उपाध्यक्ष अर्जुन श्रेष्ठ एनआरएनए आईसीसीको सल्लाहकार पदमा मनोनीत भएका छन्।
एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हालिसकेका श्रेष्ठ बेल्जियम र नेपालमा व्यवसाय गर्छन्।
उनी सन् २००९ देखि २०१३ सम्म दुई कार्यकाल एनआरएनएको केन्द्रीय सदस्य रहे।
त्यसपछि सन् २०१३ देखि २०१५ सम्म एनआरएनएको युरोप संयोजक बने। सन् २०१५ देखि २०१७ सम्म सचिव र सन् २०१९ देखि २०२१ सम्म उपाध्यक्षको जिम्मेवारी सम्हाले।
बेल्जियममा होटल क्षेत्रमा काम गरेका श्रेष्ठ नेपालमा भने औषधि उद्योगमा केन्द्रित छन्।
उनकै नेतृत्वमा चितवनमा ओम मेगाश्री फार्मास्युटिकल्स स्थापना भएको हो।
गैरआवासीय नेपालीको समेत लगानी रहेको यो औषधि उद्योग नेपालमै पहिलो पटक आईपिओ जारी गर्ने औषधि उद्योग हो।