ओमानको सुर सहरमा अन्तरक्रिया, श्रम सचेतना तथा कन्सुलर सेवा कार्यक्रम हुने भएको छ।
नेपाली राजदूतावास, मस्कटले जनाएअनुसार एनआरएन नेपाली सोसल क्लबको सहकार्यमा नोभेम्बर ६ शुक्रबार ओमानको सुर सहरमा प्रत्यक्ष संवाद एवं अन्तरक्रिया कार्यक्रम हुन लागेको हो।
उक्त कार्यक्रममा सामाजिक सुरक्षा कोष, वैधानिकीकरण श्रम स्वीकृति, श्रमिक सचेतना, वित्तीय साक्षरता लगायत विषयमा समेत जानकारी गराइने दूतावासले उल्लेख गरेको छ।
कार्यक्रममा उपस्थित हुन नेपाली श्रमिकहरूलाई दूतावासले आह्वान गरेको छ।