Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, फागुन २५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

प्रिय जुम्ला

Nmb
Nmb
बाल गोपाल देवकोटा

बाल गोपाल देवकोटा

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

प्रिय जुम्ला, एकाबिहानै तिमीमा पनि कोरोना देखियो रे भन्ने दु:खद् खबर सुन्दा हामी मर्माहित भएका छौं। एक्कासि यस्तो खबर सुन्दा मनमा कालो बादलले घेरेजस्तै भएको छ।

प्रिय जुम्ला, तिमीमा कोरोना देखियो रे भन्ने सुन्दा आँखाभरि टिलपिल आँसु भरिएको छ। एकै त तिमी एकदम टाढा दुर्गमको जहाँ ज्वरो आउँदा एक सिटामोल खान नपाएर हजारौं तिम्रा सन्तानले चट्ट तिमीलाई छोडेर गएको दिनहुँ पीडा सहँदै आएकी थियौं। फेरि पनि आज तिमीमा एक ठूलो बज्रपात पर्न थालेको छ। एक छाक खाना, नाना र सिटामोल नपाएर सन्तान गुमाउँदा गुमाउँदै तिमीमा फेरि डर लाग्दो कोरोनाले छोएको छ। तिम्रो कस्तो हालत भएको होला भन्ने म सोच्न पनि सक्दिनँ।

प्रिय जुम्ला, तिमीलाई कोरोना लाग्यो भन्दैमा नआत्तिनू, नडराउनू झन् होसियार हुनुपर्ने बेला आएको छ। तिमीले आफ्ना जुम्ली सन्तानलाई थोरै सम्झाइ, बुझाइ गर्यो भने अवश्य तिम्रा सन्तान तिमीसँगै हुनेछन्।

प्रिय जुम्ला, तिम्रा ती सन्तानलाई यतिमात्र सम्झाइबुझाइ गरी देऊ कि ‘हुलमुल नगर्नू ,हुलमुल भएको ठाउँमा नजानू, घरमै बसिराख्नू ,कहीँकतै नजानू, जानै पर्ने भयो भने पनि सुरक्षितका साथ मान्छेहरूबीच १ मिटर दूरीको कायम गर्नू,बारम्बार साबुन-पानीले अर्थात् सेनिटाइजरले हात खुट्टा धुनू, सफा गर्नू ,कोही नौलो मान्छेसँग नजिक नपर्नू, पर्नैपरे ३ फिटको दूरीमा कुराकानी गर्नू र बाध्यताले प्रदेश पसेका तिम्रा सन्तान तिमीलाई सम्झेर फर्की आउँदा तिम्ले क्वारेन्टाइनमा बस्नुपर्छ है भन्ने नियम पालना गर्न सिकाउनू। 

प्रिय जुम्ला तिमीले यति मात्र तिम्रो प्यारा सन्तानलाई सम्झाइबुझाइ गर्न सक्यौ भने अकालमै तिम्रा सन्तानले तिमीलाई छोडेर जाने छैनन्। सदा तिम्रो साथमा तिमीसँगै रमाउने छन्।

प्रिय जुम्ला, म पनि तिमीदेखि निकै टाढा छु। यहाँ त झन् तिम्रो भन्दा बेहाल स्थिति छ कहीँ कतै नगएर घरभित्रै  बस्न थालेको पनि लगभग तीन महिनाजति पुग्न लागि सकेछ।

तिमीसँग छुट्टिएको नि निकै वर्ष भइसकेछ। तिम्रो यादमा हामी परदेशी हरपल तड्पिरहेका छौं। तिमीलाई आपत पर्दा केही गर्नसक्ने तिम्रा सन्तानले आज तिमीसामु आउन पाएका छैनन्।

Premier
Premier

प्रिय जुम्ला, तिम्ले मन नदुखाउनू तिमीलाई चाहे जति गर्नसक्ने सहयोग हामी यतै टाढाबाट गर्नेछौं।
प्रिय जुम्ला, ती सुनौला दिन फेरि फर्केर आउने छन्, तिम्रा काखमा लुटपुटिन फेरि पनि हामी आइपुग्ने छौं। तातोपानीमा नुहाउने छौं , तिला नदीको चिसो पानी सँगै दानसाँघु गएर डुबुल्की हाल्ने छौं,वर्षौदेखिको प्यास मेटाउने छौं, अनि चन्दननाथ ,भैरवनाथ ,कनकासुन्दरी मन्दिरमा पुग्ने छौं। डाँफे लेखको चिसो हावा खाँदै कान्जेरुवा र पातारासी हिमाल हेर्नेछौं।

बिहानीपख चिमारा मालिका अनि ठाकुर ज्यूलाई स्पर्श गर्दै आएको घाममा लुकामारी खेल्ने छौं।

Ncell
Ncell

साँच्चै प्रिय जुम्ला, तिमीलाई धेरै सम्झेको छु भगवती,बाबिरामष्ट, मान्नेजन्य देवता सबैका दाहिने हुनेछन् जीवन सामान्य बन्नेछ।

प्रिय जुम्ला, तिमीले फलाका स्याउ, मार्सी धान,आरुबखडा मकै,जौ,कोदो आलु,आदि लटरम्म फलेका सबै खाने दिन आउनेछन्।

प्रिय जुम्ला, नआत्तिनू, नडराउनू तिमीसँगै बसेर दसैं, तिहार मनाउने दिन पनि आउनेछन् ‌,तिमीसँग रमाउँदै सुरमा सुर मिलाउँदै देउसिरे खेल्ने अनि भोज खाने दिन पनि आउने छन्।

प्रिय जुम्ला, आउँछौं हामी फर्केर तिम्रोसामु ढिलै भए पनि किन कुन्नि तिम्रो याद आइरहन्छ अचेल मेरो सपनी अनि विपनीभरि।

हाम्रो माया अजम्बरी जुनि- जुनिभरिलाई छ है प्रिय जुम्ला तिमीलाई।

समयले तिमीबाट हामीलाई धेरै टाढा पिराएको छ बिर्सेको छैन नै गृहजिल्ला तिमीलाई परिस्थितिले मात्र तिमीबाट टाढा बनाएको हो। के गर्नु तिमीसँगै बस्ने रहर त धेरै थियो हाम्रो सोचे जस्तो कहिले नहुने रहेछ।

प्रिय जुम्ला, आज तिमीलाई दु:ख परेको छ थाहा छ। आँसु नझारे है प्रिय जुम्ला हामी फर्केर आउने छौं। तिम्रो साथ दिने छौं।

तिमी कोरोनाको डरले नआत्तिएर बस है हामी फर्केर आउँदा फेरि पनि पहिलेको झैं हराभरा स्वस्थ, शान्त, अझै राम्रो बनाउने कोशिस गर्नेछौं हाम्रो प्रिय जुम्ला तिमीलाई।
                   

                  उही तिम्रो परदेशी
                  बाल गोपाल देवकोटा
                 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  १८:००
सिफारिस
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

म कर्णाली हुँ!
वैद्य बा!
हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
खहरे खोला!
पञ्च वर्षीय नतिजा!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP