Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, पुस १६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

प्रिय जुम्ला

बाल गोपाल देवकोटा

बाल गोपाल देवकोटा

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

प्रिय जुम्ला, एकाबिहानै तिमीमा पनि कोरोना देखियो रे भन्ने दु:खद् खबर सुन्दा हामी मर्माहित भएका छौं। एक्कासि यस्तो खबर सुन्दा मनमा कालो बादलले घेरेजस्तै भएको छ।

प्रिय जुम्ला, तिमीमा कोरोना देखियो रे भन्ने सुन्दा आँखाभरि टिलपिल आँसु भरिएको छ। एकै त तिमी एकदम टाढा दुर्गमको जहाँ ज्वरो आउँदा एक सिटामोल खान नपाएर हजारौं तिम्रा सन्तानले चट्ट तिमीलाई छोडेर गएको दिनहुँ पीडा सहँदै आएकी थियौं। फेरि पनि आज तिमीमा एक ठूलो बज्रपात पर्न थालेको छ। एक छाक खाना, नाना र सिटामोल नपाएर सन्तान गुमाउँदा गुमाउँदै तिमीमा फेरि डर लाग्दो कोरोनाले छोएको छ। तिम्रो कस्तो हालत भएको होला भन्ने म सोच्न पनि सक्दिनँ।

प्रिय जुम्ला, तिमीलाई कोरोना लाग्यो भन्दैमा नआत्तिनू, नडराउनू झन् होसियार हुनुपर्ने बेला आएको छ। तिमीले आफ्ना जुम्ली सन्तानलाई थोरै सम्झाइ, बुझाइ गर्यो भने अवश्य तिम्रा सन्तान तिमीसँगै हुनेछन्।

प्रिय जुम्ला, तिम्रा ती सन्तानलाई यतिमात्र सम्झाइबुझाइ गरी देऊ कि ‘हुलमुल नगर्नू ,हुलमुल भएको ठाउँमा नजानू, घरमै बसिराख्नू ,कहीँकतै नजानू, जानै पर्ने भयो भने पनि सुरक्षितका साथ मान्छेहरूबीच १ मिटर दूरीको कायम गर्नू,बारम्बार साबुन-पानीले अर्थात् सेनिटाइजरले हात खुट्टा धुनू, सफा गर्नू ,कोही नौलो मान्छेसँग नजिक नपर्नू, पर्नैपरे ३ फिटको दूरीमा कुराकानी गर्नू र बाध्यताले प्रदेश पसेका तिम्रा सन्तान तिमीलाई सम्झेर फर्की आउँदा तिम्ले क्वारेन्टाइनमा बस्नुपर्छ है भन्ने नियम पालना गर्न सिकाउनू। 

प्रिय जुम्ला तिमीले यति मात्र तिम्रो प्यारा सन्तानलाई सम्झाइबुझाइ गर्न सक्यौ भने अकालमै तिम्रा सन्तानले तिमीलाई छोडेर जाने छैनन्। सदा तिम्रो साथमा तिमीसँगै रमाउने छन्।

प्रिय जुम्ला, म पनि तिमीदेखि निकै टाढा छु। यहाँ त झन् तिम्रो भन्दा बेहाल स्थिति छ कहीँ कतै नगएर घरभित्रै  बस्न थालेको पनि लगभग तीन महिनाजति पुग्न लागि सकेछ।

तिमीसँग छुट्टिएको नि निकै वर्ष भइसकेछ। तिम्रो यादमा हामी परदेशी हरपल तड्पिरहेका छौं। तिमीलाई आपत पर्दा केही गर्नसक्ने तिम्रा सन्तानले आज तिमीसामु आउन पाएका छैनन्।

Laxmi bank
Laxmi bank

प्रिय जुम्ला, तिम्ले मन नदुखाउनू तिमीलाई चाहे जति गर्नसक्ने सहयोग हामी यतै टाढाबाट गर्नेछौं।
प्रिय जुम्ला, ती सुनौला दिन फेरि फर्केर आउने छन्, तिम्रा काखमा लुटपुटिन फेरि पनि हामी आइपुग्ने छौं। तातोपानीमा नुहाउने छौं , तिला नदीको चिसो पानी सँगै दानसाँघु गएर डुबुल्की हाल्ने छौं,वर्षौदेखिको प्यास मेटाउने छौं, अनि चन्दननाथ ,भैरवनाथ ,कनकासुन्दरी मन्दिरमा पुग्ने छौं। डाँफे लेखको चिसो हावा खाँदै कान्जेरुवा र पातारासी हिमाल हेर्नेछौं।

बिहानीपख चिमारा मालिका अनि ठाकुर ज्यूलाई स्पर्श गर्दै आएको घाममा लुकामारी खेल्ने छौं।

Ncell
Ncell

साँच्चै प्रिय जुम्ला, तिमीलाई धेरै सम्झेको छु भगवती,बाबिरामष्ट, मान्नेजन्य देवता सबैका दाहिने हुनेछन् जीवन सामान्य बन्नेछ।

प्रिय जुम्ला, तिमीले फलाका स्याउ, मार्सी धान,आरुबखडा मकै,जौ,कोदो आलु,आदि लटरम्म फलेका सबै खाने दिन आउनेछन्।

प्रिय जुम्ला, नआत्तिनू, नडराउनू तिमीसँगै बसेर दसैं, तिहार मनाउने दिन पनि आउनेछन् ‌,तिमीसँग रमाउँदै सुरमा सुर मिलाउँदै देउसिरे खेल्ने अनि भोज खाने दिन पनि आउने छन्।

प्रिय जुम्ला, आउँछौं हामी फर्केर तिम्रोसामु ढिलै भए पनि किन कुन्नि तिम्रो याद आइरहन्छ अचेल मेरो सपनी अनि विपनीभरि।

हाम्रो माया अजम्बरी जुनि- जुनिभरिलाई छ है प्रिय जुम्ला तिमीलाई।

समयले तिमीबाट हामीलाई धेरै टाढा पिराएको छ बिर्सेको छैन नै गृहजिल्ला तिमीलाई परिस्थितिले मात्र तिमीबाट टाढा बनाएको हो। के गर्नु तिमीसँगै बस्ने रहर त धेरै थियो हाम्रो सोचे जस्तो कहिले नहुने रहेछ।

प्रिय जुम्ला, आज तिमीलाई दु:ख परेको छ थाहा छ। आँसु नझारे है प्रिय जुम्ला हामी फर्केर आउने छौं। तिम्रो साथ दिने छौं।

तिमी कोरोनाको डरले नआत्तिएर बस है हामी फर्केर आउँदा फेरि पनि पहिलेको झैं हराभरा स्वस्थ, शान्त, अझै राम्रो बनाउने कोशिस गर्नेछौं हाम्रो प्रिय जुम्ला तिमीलाई।
                   

                  उही तिम्रो परदेशी
                  बाल गोपाल देवकोटा
                 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  १८:००
सिफारिस
पूर्वमन्त्री गुप्ताविरूद्ध थुनछेक बहस चलिरहेको लिची बारी भ्रष्टाचार प्रकरण के हो?
पूर्वमन्त्री गुप्ताविरूद्ध थुनछेक बहस चलिरहेको लिची बारी भ्रष्टाचार प्रकरण के हो?
रवि लामिछानेको ३० लाख जमानत बसिदिने मनोहर प्रधान रास्वपाको समानुपातिक सूचीमा
रवि लामिछानेको ३० लाख जमानत बसिदिने मनोहर प्रधान रास्वपाको समानुपातिक सूचीमा
'दैनिकी' ल्याउनुस्, हुँदैन केलाउने–पखाल्ने झन्झट!
'दैनिकी' ल्याउनुस्, हुँदैन केलाउने–पखाल्ने झन्झट!
नयाँ वर्षको एउटा नयाँ तस्बिर
नयाँ वर्षको एउटा नयाँ तस्बिर
दाउन्नेदेखि दुम्किबाससम्म जाम, लाइनमा छन् १५ सयभन्दा बढी गाडी (तस्बिरहरू)
दाउन्नेदेखि दुम्किबाससम्म जाम, लाइनमा छन् १५ सयभन्दा बढी गाडी (तस्बिरहरू)
राजमार्गमा पल्टेको एउटा ग्यास ट्यांकर हटाउन किन लाग्यो २४ घन्टा?
राजमार्गमा पल्टेको एउटा ग्यास ट्यांकर हटाउन किन लाग्यो २४ घन्टा?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

चिसो रात!
हात्तीको देशप्रेम!
भोजभन्दा ठुलो उपहार!
देशलाई अलिक सन्चो छैन!
अनि ऊ जहाज चढी!
हामीले नजन्माएको प्रेमलाई किन यति धेरै दण्ड?
Himalayan bank
Himalayan bank

विचार

नारायण वाग्ले
नयाँ वर्षको एउटा नयाँ तस्बिर नारायण वाग्ले
प्रकाश रेग्मी
संघीयता महँगो कि राज्यले गर्ने खर्च गैरजिम्मेवार? प्रकाश रेग्मी
रमेश अधिकारी
बंगलादेशको जस्तो कहालीलाग्दो ठाउँमा नपुगोस् नेपाल रमेश अधिकारी
प्रविज्ञ रेग्मी
वैदिक चेतना बिनाको शिक्षा अर्थपूर्ण बन्ला? प्रविज्ञ रेग्मी
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

अर्जुन अर्याल
अँ के, म त बैंकर पो! अर्जुन अर्याल
National life inner
National life inner
नकुल चौलागाईं
कोही किन छुट्छन्? नकुल चौलागाईं
अर्जुन मोहन भट्टराई
कम्पनीले इमानदार होइन, स्मार्ट कर्मचारी रोज्छन्! अर्जुन मोहन भट्टराई
होमनाथ न्यौपाने
स्वर्गको घर! होमनाथ न्यौपाने

साहित्यपाटी

नवराज जोशी
हात्तीको देशप्रेम! नवराज जोशी
Hardik
Hardik
अर्जुन कोन्दा
भोजभन्दा ठुलो उपहार! अर्जुन कोन्दा
side bar 17- shivam inner
side bar 17- shivam inner
राजन सुवेदी
देशलाई अलिक सन्चो छैन! राजन सुवेदी
नारायणप्रसाद सापकोटा
अनि ऊ जहाज चढी! नारायणप्रसाद सापकोटा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP