सेतोपाटीले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।
आजको शृंखलामा हामीले असार २६ देखि असार ३२ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।

ललितपुरको कुपण्डोलमा गणेशको मूर्ति बनाउँदै एक कालीगढ। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी

काठमाडौंको लाजिम्पाटमा अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुगेको साझा बस। एउटा स्कुटरलाई बचाउन प्रयास गर्दा ठोक्किन पुगेको चालकले बताएका थिए। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी

बकर इदको अवसरमा काठमाडौंको जामे मस्जिदमा प्रार्थना गर्दै एक युवा। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी

प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएपछि नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी

कार्टुनिष्ट क्लब नेपालद्वारा नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘नेपाली क्यारिकेचर २०७९’ मा प्रदर्शनमा राखिएको क्यारिकेचर। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी

काठमाडौंको भृकुटीमण्डपस्थित एक गोदाममा भएको आगलागी नियन्त्रण प्रयासमा अग्नि नियन्त्रकहरू। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी

काठमाडौंमा आयोजित जनता समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकमा गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्दै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी