मानिसको रूद्रघन्टीको तल रहेको एउटा ग्रन्थी थाइरोइड हो। यसले उत्पादन गर्ने हर्मोनलाई थाइरोइड हर्मोन भनिन्छ। यसै ग्रन्थीमा देखिने समस्या र यसले उत्पादन गर्ने हर्मोनको सन्तुलन बिग्रिएमा थाइरोइडसम्बन्धी रोग लाग्छ ।
थाइरोइड हर्मोनको उत्पादन बढी भए पनि र कम भए पनि समस्या हुन्छ। बढी भएमा हाइपर थाइरोडिजम भनिन्छ भने कम उत्पादन भए हाइपो-थाइरोडिजम।
समाजमा अधिकांशलाई यी समस्या हुन्छन्। यी दुवै अवस्थाको उपचार सहज हुन्छ। थाइरोइड ग्रन्थीमा कहिलेकाहीँ मासु पलाएर क्यान्सरमा बदलिन सक्छ। यसैलाई थाइरोइड क्यान्सर भनिन्छ।
यो क्यान्सरको उपचार अरुरूक्यान्सरको तुलनामा धेरै सहज छ। उपचार गरेपछि निको हुने सम्भावना पनि धेरै हुन्छ। यसका धेरै बिरामीमा कुनै लक्षण देखिदैन। घाँटी दुख्ने लगायतका केही कारणले भिडिओ एक्सरे गर्दा त्यहाँ डल्लो देखिने हो।
कहिलेकाहीँ घाँटी सुन्निएको हुन्छ। त्यस्तो अवस्थामा समेत क्यान्सर भएको अनुमान गर्न सकिन्छ।
रोग बढ्दै गएपछि श्वास फेर्न गाह्रो हुने, आवाजमा सुख्खापन आउने, खानेकुरा निल्न गाह्रो हुनेलगायतका लक्षणहरु हुनसक्छन्।
पहिला यो रोग के हो भनेर पत्ता लगाउनुपर्छ। रोगको प्रकृति अनुसार उपचार गरिन्छ।
थाइरोइड क्यान्सर किन हुन्छ, यसको उपचार कसरी गर्ने लगायतका विषयमा केन्द्रीत रहेर हामीले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा कार्यरत नाक कान घाँटी तथा थाइरोइड क्यान्सर रोग विशेषज्ञ डा. प्रभात चन्द्र ठाकुरसँग भिडिओ कुराकानी गरेका छौं।
हेर्नुहोस् भिडिओ