नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ।
भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलहरूले पावर, प्रविधि र डिजाइनको संयोजन मार्फत बजाज प्रेमीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ।
नयाँ बजाज पल्सर एन१६० मा १६४.८२ सिसीको सिंगल–सिलिन्डर, एयर–कुल्ड, एसओएचसी, २–भल्व इन्जिन समावेश रहेको छ जसले १६ पिएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ। ५ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ।
यसमा डुअल–च्यानल एबिएस, ३७ मिमि अपसाइड डाउन फक्र्स र नाइट्रोक्स मोनोशक सस्पेन्सन जस्ता उत्कृष्ट विशेषताहरू समावेश छन्।
डुअल च्यानल भ्यारियन्टमा उपलब्ध विशेषताहरूका अतिरिक्त टर्न–बाइ–टर्न (टिबिटी) नेभिगेसन, एबिएस (एबिएस) राइड मोड डिस्प्ले उपलब्ध छन्।
त्यसैगरी पल्सर एन१२५ मा १२४.५८ सिसीको एयर–कुल्ड, सिंगल स्पार्क, २–भल्व इन्जिन रहेको छ। जसले १२ पिएसको अधिकतम शक्ति र ११ एनएमको अधिकतम टर्क दिन्छ।
यसमा ५–स्पिड ट्रान्समिशन र काउन्टर ब्यालेन्सर जस्ता विशेषताहरू समावेश छन्। यो मोडलमा उत्कृष्ट इन्धन सक्षमता रहेको छ।
उक्त सार्वजनिक कार्यक्रममा गोल्छा ग्रुपका मार्केटिङ हेड अमित राज चालिसेले भने, 'नेपालमा नयाँ पल्सर एन१६० र एन१२५ सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी छौँ। पल्सर ब्रान्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतिकको रूपमा चिनिन्छ।
एन१६० ले पावर र डिजाइन अन्तर्गत बजारमा आफ्नो स्थान बनाउछ भने एन१२५ले इन्धन सक्षमता र सहज सवारी अनुभवको नयाँ परिभाषा दिनेछ।'
मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एन१६० मा उत्कृष्ट डिजाइनको १४ लिटर फुएल ट्यांक, आरामदायी सिट र स्टाइलिश १७ इन्चको ट्युबलेस टायर दिइएको छ।
७९५ मिलिमिटरको सिटको उचाइ र १६५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेकोले यो सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ।
त्यस्तै पल्सर एन१२५को ७९५ मिलिमिटर सिट उचाइ, १९८ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १२५ किलोग्राम केर्ब वजनले यसलाई नेपाली सडकका लागि उत्तम बनाउँछ।
वैशाख १६ देखि २१ सम्म भृकुटीमण्डपमा आयोजना हुने ग्राण्ड कार्निभलमा यी मोडलहरू खरिद गर्न तथा बजाजको नजिकको बजाज सोरुमबाट पनि किन्न सकिनेछ।
साथै बजाजको यस ग्राण्ड कार्निभलमा टेस्ट राइडको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ।
यस अवसरमा उपस्थित ग्राहकहरूलाई विशेष सुविधाहरू उपलब्ध छन् जसमा स्थानमै फाइनान्स, २० भन्दा बढी भ्यालुएटरहरूबाट ग्यारेन्टी गरिएको उच्चतम भ्यालुएसन, जीरो सर्भिस चार्ज र बजाजको 'खुसीको मिटर' योजना अन्तर्गत नगद र अन्य पुरस्कार जित्ने मौका पाउनेछन्।
साथै, निःशुल्क एसोसेरिज पनि उपलब्ध गराइनेछ।