नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
बिर्तामोडको हुन्डाईको आधिकारिक डिलर अलायन्स मोटर्समा विशेष कार्यक्रम आयोजना गर्दै क्रेटा इभी सार्वजनिक गरिएको हो।
साथै, त्यहाँ उपस्थित व्यक्तिहरूलाई हुन्डाइको टिमले गाडी सम्बन्धी जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए।
कम्पनीका अनुसार नयाँ क्रेटा इभीको सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ।
धेरै मानिसलाई इभी लिँदा स्पेयर पाट्र्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ।
तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरू गरिसकेको र यसको पेट्रोल गाडी र इभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नु नगर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार हुन्डाईका ग्राहकहरूले इभी होस् वा पेट्रोल गाडी, सेवा, पाट्र्स र सपोर्ट समान रूपमा पाउने छन्।
यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा पुगिरहेको बताइएको छ।