सानिमा बैंक लिमिटेड पोखरा, न्युरोड शाखाले हिमालय आँखा हस्पिटलमा वाटर प्यूरिफिकेशन मेसिन प्रदान गरेको छ।
उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले शनिबार हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई हस्तानतरण गरेका हुन्।
बैंकको प्रमुख कार्यकारी अधिकृतले आगामी दिनमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताए।
त्यसैगरी, हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनले सानिमा बैंकको सहयोग प्रति हार्दिक आभार व्यक्त गरे।
सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटिएम रहेको छ।